२०८३ बैशाख १९ गते , शनिबार

झापा फेरि लालकिल्ला बन्दैछ : कार्की

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ३० गते , बुधबार
झापा फेरि लालकिल्ला बन्दैछ : कार्की

बिर्तामोड नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मंसिर को निर्वाचनमा एमाले राप्रपाका सबै उम्मेदवार विजयी हुने बताएका छन् आम मतदाताको उत्साहलाई मतमा परिणत गर्न मात्रै बाँकी रहेको उनको भनाई

एमालेले झापामा केहि सिटमा राप्रपासँग तालमेल गरेको जानकारी दिदैं अध्यक्ष कार्कीले सबै उम्मेदवारको विजय निश्चित भएको प्रतिक्रिया दिएका छन् जिल्लाको संघीय निर्वाचन क्षेत्र १० वटा प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई विजयी गराउन मतदातामा उत्साह देखिएको अध्यक्ष कार्कीको भनाई

एमालेको माहोल देखेर गठबन्धन अत्तालिएको भन्दै अध्यक्ष कार्कीले मतदाताबाट धेरै माया पाएको बताए जिल्लाको चुनावी प्रचार अभियान अन्तिम चरणमा पुगिरहेको बेला एमालेले सबै निर्वाचन क्षेत्रमा विजयीको झण्डा फहराउन मात्रै बाँकी रहेको उनको धारणा उनले विजय उत्सवको तयारीमा रहन आम झापाबासीलाई आग्रह समेत गरेका छन्

गठबन्धनले आशा गरेका निर्वाचन क्षेत्र नं. मा समेत एमाले राप्रपाको विजयी निश्चित भएको कार्कीकोे भनाई हामीलाई सबै क्षेत्रमा निर्वाचन जित्न कठिनाई छैन, कार्कीले भनेअब मंसिर को पर्खाई मात्र बाँकी रहेको

चुनावी घरदैलो अभियानमा एमालेलाई मतदाताबाट पर्याप्त सूझावहरु समेत आएको कार्कीले जानकारी दिए उनले एमालेले मुलुकको विकासलाई निरन्तरता दिदैं घोषणापत्रको पूर्ण कार्यान्वयन गर्न सूझाव पाएको बताएका छन् मतदाता शुभचिन्तकहरुले एमालेको घोषणापत्र पूर्ण कार्यान्वयन भए मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा हुने बताएको कार्कीको भने  

सम्बन्धित समाचार