२०८३ बैशाख १९ गते , शनिबार

को हुन जनताको पक्षमा संघर्षशील श्यामविर ?

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ३० गते , बुधबार
को हुन जनताको पक्षमा संघर्षशील श्यामविर ?

संघर्षका पर्याय श्यामविर लिम्बू पहिलो पटक संसदीय चुनावी मैदानमा उभिएका संघर्षशील पात्रका रुपमा परिचित छन् गठबन्धन दलको तर्फबाट झापा क्षेत्र नं. १ (२) मा साझा उम्मेद्वार बनेर आफूलाई उभ्याएका छन्

बुवा कर्णबहादुर लिम्बू आमा बुद्धरानीको कोखबाट विसं २०४० सालमा जन्मिएका श्यामविर बुद्धशान्ति, झापाका स्थानीय बासिन्दा हुन् लामो समय माओवादी आन्दोलनको अग्रमोर्चामा बसेर समाज देश परिवर्तनका लागि उनले संघर्ष गरेका छन्

पारिवारिक स्वार्थभन्दा माथि उठेर जनताको शासन ल्याउन उनको ठूलो भूमिका रह्यो आज तिनै श्यामविर जस्ता होनाहार युवाको संघर्षबाट मुलुकले संघीयता प्राप्त गरेको त्यति मात्रै होइन, सबै समुदायको समान, समावेशी समानुपातिक अधिकारसहित पहिचान स्थापित गराए

युवा अवस्थामै श्यामविर संघर्षको मैदानमा ठिङ्ग उभिए दलाल, सामन्तवादलाई सदाका लागि अन्त्य गर्न जीवनको कुनै पर्वाह नगरी परिवर्तनका लागि होमिएका श्यामविरले कुनै पद लोलुपताका पछाडि नलागेका एक निष्कलंक युवाको छवि बनाएका छन्

२०५४ सालमा नेकपा एमाले पार्टीमा आवद्ध उनी वि.सं. २०५७ सालदेखि नेकपा माओवादीमा प्रवेश गरेका थिए ०५८ साल भदौमा जनमुक्ति सेनामा आबद्ध हँुदै पार्टीले उनलाई २०६६ सालमा बिग्रेड सहकमाण्डर जस्तो जिम्मेवारी प्रदान गर्यो

शान्ति सम्झौता पछि माओवादी पार्टी शान्तिपूर्ण राजनीतिमा आएसँगै श्यामविर सक्रिय राजनीतितिर लागे जनमुक्ति सेनाबाट उनले स्वेच्छिक अवकास लिए परिवर्तनको संघर्षमा होमिएका उनी अहिले माओवादी केन्द्र प्रदेश को सचिवालय सदस्य छन्

जनयुद्धकालमा घाइते योद्धा श्यामविरका शरीरमा अझै पनि बमका छर्राहरु छन् व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश विकासका निम्ति संघर्ष गरेका उनीसँग आज सम्पत्ति , नत सग्लो शरीर केवल विचार, सिद्धान्त दृष्टिकोण उनै श्यामविर लिम्बू उम्मेद्वार बनेर समाज बदल्न खोजिरहेका छन्

उनी भन्छन्, ‘हिजो मैले सामन्तवादविरुद्ध आवाज उठाएँ अब समाज परिवर्तनका लागि आवाज उठाउनेछु त्यसका लागि क्षेत्र नं. १ (२) का सम्पूर्ण मतदातासमक्ष विनम्र अनुरोध गर्दछु कि, गोलाकार भित्रको हँसिया हतौडा चुनाव चिन्हमा मत दिई विजयी गराएर समाज हितका निमित्त काम गर्ने अवसर दिनुहोला

सम्बन्धित समाचार