२०८३ बैशाख १९ गते , शनिबार

निर्वाचनलाई गठबन्धनले उत्सवको रुपमा लिएको छ : शर्मा

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २६ गते , शनिबार
निर्वाचनलाई गठबन्धनले उत्सवको रुपमा लिएको छ : शर्मा

मेचीनगर झापा क्षेत्र नम्बर का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश शर्माले गठबन्धनको पक्षमा देशभर जनलहर बढिरहेको बताएका छन् शनिवार मेचीनगर बुद्धशान्तिका बिभिन्न वडामा मतदाता भेटघाटमा शर्माले आफूहरु जितको नजिक पुगेको बताएका हुन्

मेचीनगर स्थित पालिया गंगा टोलमा आयोजित घरदैलो कार्यक्रम पछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै शर्माले निर्वाचनमा प्रतिष्पर्धा हुनु स्वाभाविक सामान्य रुपमा लिएको तर निर्वाचनलाई रेस्लीङको रुपमा नभएर गठबन्धनले उत्सवको रुपमा लिएको बताए सुसंस्कारित व्यवहार गर्नु पर्छ हामी मञ्चबाट नकारात्मक कुरा गर्दैनौं शर्माले भने, ‘एमालेले पनि सकारात्मक सोचको विकास गर्न सकोस्

शर्माले यस क्षेत्रलाई संस्कारित क्षेत्रको रुपमा विकास गर्नु पर्ने बताए उनले भने, ‘मैले निर्वाचन हार्दा विजेतालाई फूलको माला लगाएँ बधाई दिँए, विष्णु प्रसाईले मेयरमा हार्दा पनि बिमल आचार्यलाई फूलको माला लगाई दिएँ शर्माले भने, यो क्षेत्र जित्दा पनि मस्कुराउने  हार्दा पनि मुस्कुराउने क्षेत्र हो उनले प्रतिष्पर्धी  मित्रलाई चुनावको बेला अध्यारो अनुहार नलगाउन धारेहात नगर्न सझाए   

शर्मा अभियानमा गाउँगाउँ पुग्दा मतदाता जेष्ठ नागरिदेखि युवाहरुले जितको लागि शुभकामना दिँदै फूलको माला अविरको टिका लगाई हौसला प्रदान गरेका छन्

हामी यसपटक निर्वाचन भारी मतका साथ जित्दैछौं शर्माले मतदातालाई विश्वस्त पार्दै भने, ‘हामी अर्जुन दृष्टि अभियानका साथ अघि बढेका छौं यसपटक कसैले रोक्न सक्दैन शर्माले एमाले सहित सबै दलले गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरे प्रदेश () मा शर्मा गोपाल तामाङ प्रदेश () मा उम्मेदवार श्यामवीर लिम्बूले घरदैलो गरेका छन्

प्रचार टोलीले मेचीनगर , , , , बुद्धशान्ति का बिभिन्न टोलमा घरदैलो गरेको

अभियानमा काँग्रेस झापाका जिल्ला कार्यवाहक सभापति केशवराज पाण्डे, मणि कुमार उप्रेती, नगर सभापति सुदय पनेरु, माओदावी केन्द्रका नेता प्रकाश भण्डारी लगायतको सहभागिता रहेको थियो

सम्बन्धित समाचार