२०८३ बैशाख १९ गते , शनिबार

आरक्षणले बिभेद अत्य हुँदैन : ओली

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २४ गते , विहीबार
आरक्षणले बिभेद अत्य हुँदैन : ओली

दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातीय बिभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान सीपबाटमात्र हुने बताएका छन्

झापाको दमकमा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार आयोजना गरेको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् आरक्षणले कुनै जाती समुदायको उत्थान गर्न सक्दैन त्यसले अन्य ज्ञान सीप क्षमतालाई निस्कृय बनाएर लान्छ आरक्षणले एउटा निश्चित ब्यक्ति समुदाय भित्रका पनि केही ब्यक्तिलाई मात्र अवसर दिन्छ तर आम आरक्षणमा पर्नु पर्ने मानिस यसबाट बन्चित भएको नेपालमा नै धेरै उदाहरण छन् यसरी बौदिक ज्ञानमाथि अन्याय नै अन्याय हुन्छ आरक्षणबाट,’ अध्यक्ष ओलीले भने

लामो समयदेखि उत्पिडनमा परेका जाती समुदायलाई  केही समयकालागि व्यवस्था गरिएको आरक्षण अब लामो समय जानु नहुनेमा उनले जो दिए मानव सभ्यताको सुरुमा कुनै जात ठुलो सानो भन्ने नै थिएन जंगली अवस्थामा नै मानिस जनावरसँग लडेर आफ्नो अस्तित्व बचाउने ध्यानमा हुन्थ्यो,’ उनले भने,‘पछि विकास क्रममा एक समुदायले अर्को समुदाय बिचमा लँडाई हुँदा जित्ने समुदायले हार्ने समुदायलाई नोकर दास बनाएर राख्न थाले यही क्रम बिकास हुँदै जादा पछि उनीहरुलाई बिभेद गरेर जात कै आधारमा अन्याय हुने क्रम बढ्दै गयो आरक्षण होइन यस्तो समुदायलाई समान हक अधिकार अवसर दिनुपर्छ

संविधान कानुनमा बिभेद हटेको बर्षौँ भएपनि मानिसको चेतना व्यवहारमा बाँकी रहेको उनले बताए सबै शिक्षाले यसको बिभेदलाई हटाउन सकिने उनको तर्क हाम्रो देशमा भएको जातीय बिभेद बिरुद्ध संगठित रुपमा नेकपा एमालेले उठाउदै आएकाले अब राज्यतह बाटै बिभेद उन्मुलनको योजना अघि बढाईने अध्यक्ष ओलीले बताए  

सम्बन्धित समाचार