२०८३ बैशाख १९ गते , शनिबार

तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २४ गते , विहीबार
तामाङको नेतृत्वले काँकरभिट्टा खानेपानी दर्बिलो बनायो

मेचीनगर काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था मेचीनगरकै दर्बिलो संस्थाको रुपमा उभिएको उपभोक्तालाई सहजरुपमा स्वच्छ खानेपानी वितरण गर्दै आएको यस संस्था यहाँसम्म आइपुग्नका लागि कार्यसमितिको प्रमुख योजना नै सफलताको कडी हो

काँकरभिट्टा खानेपानी संस्थाले विगतमा सीमित क्षेत्रका उपभोक्तालाई लक्षित गरी खानेपानी विस्तार गरेको थियो पछि आएर खानेपानी विस्तार योजनाले व्यापकता लिएको काँकरभिट्टा, इटाभट्टा बाहुनडाँगी, ज्यामिरगढी लगायत मेचीनगरको करिब एक तिहाई भूगोलमा काँकरभिट्टा खानेपानी विस्तार भएको

यसको श्रेय विशेष विगतको कार्यसमितिलाई नै जान्छ विगतका समितिले बनाएका गुरुयोजना कार्यान्वयन भएपछि काँकरभिट्टा खानेपानी एउटा दर्बिलो संस्था बनेको हो त्यसमा पनि गोपाल तामाङको कार्यकालमा खानेपानी संस्थामा बढी योजनाहरु तर्जुमा गरी कार्यान्वयन भएको इतिहास तामाङले दुई कार्यकाल अध्यक्ष बनेर जिम्मेवारी निर्वाह गरेका छन्

उनकै कार्यकालमा २०६४ सालमा काँकरभिट्टा खानेपानी लोडसेडिङमुक्त बनेको थियो यसअघि लोडसेडिङका कारण नियमित पानी वितरण हुन सकेको थिएन पानीमा लोडसेडिङ अन्त्य गरी तामाङको अगुवाईमा काँकरभिट्टा खानेपानीमा नयाँ योजना सुरुवात गरिएको थियो त्यो हो, शहरी खानेपानी आयोजना

एशियन डेभलमेन्ट बैंक (एडीबी) सँग योजना सम्झौता गरी मेचीनगरको सहयोगमा आयोजना सञ्चालन गरिएको थियो २०६९ सालमा दोस्रो शहरी खानेपानी आयोजना कार्यान्वय भएको थियो

तामाङकै कार्यकालमा २०६४ सालमा १४ किमी पाइप लाइन विस्तार गरेर दोस्रो शहरी खानेपानी आयोजनामार्फत १३५ किमी पाइप लाइन विस्तार भएको कार्यालय प्रमुख दिपक पोखरेल बताउँछन् ३५ करोड लगानीमा सम्पन्न उक्त आयोजना नेपालमै पहिलो पटक तोकिएको समय १८ महिनामा सम्पन्न भएको थियो

अध्यक्ष तामाङकै कार्यकालमा योजना एकपछि अर्को कार्यान्वयन भएका छन् वडा नं को सानो क्षेत्रमा भएको खानेपानी आयोजना विस्तार गर्नुका साथै वडा नं मा समेत पानी विस्तार तथा वितरण गरियो

दोस्रो साना शहरी कार्यक्रममार्फत किमी सतही ढल निर्माण, यस्तै, हजार २८ वटा विपन्न परिवारका लागि निःशुल्क शौचालय निर्माण, ५२८ वटा धारा सहुलियतमा वितरण तामाङकै कार्यकालमा सम्पन्न भएको खानेपानी कार्यालयले जनाएको

चरम पानी अभाव भएका बेला खानेपानी आयोजना सञ्चालन गरेर तामाङ नेतृत्वको कार्यसमितिको भूमिकाले संस्थाको समग्र विकासमा ठूलो मद्दत पुगेको आज तिनै योजना सम्पन्न भएपछि काँकरभिट्टा खानेपानी संस्था मेचीनगरका ठूलो संख्याका उपभोक्तालाई नियमित पानी वितरण गर्न सफल भएको

गोपाल तामाङ लगायतको अग्रणी भूमिका कार्ययोजनाले खानेपानी सस्था झन् दर्बिलो बनेर उपभोक्तालाई सहज सहुलियतमा पानी वितरण गर्ने ठाउँमा पुगेको स्थानीय उपभोक्ता सांगेल शेर्पाको बुझाई

सम्बन्धित समाचार