२०८३ बैशाख १९ गते , शनिबार

उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्की अदालत जाने

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक १३ गते , आईतबार
उम्मेदवारी खारेजीविरुद्ध डा. तोसिमा कार्की अदालत जाने

बिर्तामोड ललितपुर क्षेत्र नम्बर बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका डा. तोसिमा कार्की आफ्नो उम्मेदवारी खारेजी विरुद्ध अदालत जाने भएकी छिन् उनले आफ्नो क्षेत्रमा राम्रो माहौल सिर्जना भइरहको अवस्थामा निर्वाचन परिणाम फरक पार्ने गरि निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको भन्दै अदालत जाने बताएकी हुन्

डा. कार्की आफू प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्न लागेको हाल नेपाल मेडिकल काउन्सिलको सदस्य रहेको हुँदा सो पद लाभको भए/नभएको निर्क्यौल गरिदिन भन्दै भदौ २८ गते निर्वाचन आयोगमा निवेदन दिएकि थिइन्

डा. कार्कीले आयोगमा दिएको निवेदन


तर, आयोगले कुनै जवाफ नदिएपछि कार्कीले ललितपुर बाट उम्मेदवारी दिएर निर्वाचन कार्यक्रमलाई तिब्रता दिइरहेको बेला कात्तिक १२ गते बसेको निर्वाचन आयोगको बैठकले डा. कार्की बहाल रहेको मेडिकल काउन्सिलको पद लाभको भएको भन्दै उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको कार्कीले सामाजिक सञ्जालमार्फतसमयमा आफ्नो निवेदनमा प्रष्ट नपारेको दावी विरोध गर्ने समयसकिए पछि परेको उजुरीलाई आधार मानेर निर्णय गर्नुमा निर्वाचन आयोगको निष्पक्ष निर्णय हो भन्नेमा शंका गर्दछु,’ उल्लेख गरेकी छिन्  

दाबी विरोध गर्ने समय सकिएपछि डा. कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो कार्यालयले सोधेको स्पष्टिकरणमा डा. कार्कीले आफू बहाल रहेको नेपाल मेडिकल काउन्सिलको पदमा नियमित सरकारी तलब नआउने भएकाले लाभको नभएको जिकिर गरेकी थिइन्      

सम्बन्धित समाचार