२०८३ बैशाख १९ गते , शनिबार

मलाई पार्टीले निष्काशन गरेको हो– नेपाल

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक ४ गते , शुक्रबार
मलाई पार्टीले निष्काशन गरेको हो– नेपाल

बिर्तामोड झापा क्षेत्र नम्बर बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका भद्रप्रसाद नेपाल (स्वागत) ले आफुलाई उन्नत लोकतन्त्र पार्टीले कारबाही गरेर निष्काशनको बताएका छन नेपालले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूको प्रश्नको जवाफ दिने क्रममा उन्नत लोकतन्त्र पार्टीले आफुलाई निष्कासन गरेकाले स्वतन्त्र भएको बताए
उन्नत लोकतन्त्र पार्टी २०७८ साल कार्तिक १४ गते निर्वाचन आयोगमा दर्ता भएको त्यसको अध्यक्ष भद्रप्रसाद नेपालले स्वतन्त्र उम्मेदवारी दिएको भन्दै आलोचना भएको थियो नेपालले आफू आवद्ध पार्टी निर्वाचनमा नजाने निर्णय गरेसँगै स्वतन्त्र उम्मेदवारी दिएको बताए
नेपालले आफू स्वतन्त्र उम्मेदवार भएकाले कुनै जनमत नभएको तर अन्य दलहरुमा भएका राम्रा मान्छेहरुले मत दिने बताए उनले भने,'राष्ट्रघाती महाकाली सन्धिमा हस्ताक्षर गरेर देश डुबाउनेलाई मत हाल्दैनौँ भन्नू भएको , धनिपूर्जा वितरण गर्छु भनेर करोडौँ उठाएर त्यही रकमले चुनाव लड्न आटेकालाई भोट हाल्दैनौँ भन्नू भएको ' कार्यक्रममा नेपालले आफ्नो प्रतिष्पर्धी नभएको बताउँदै ५१ प्रतिशत मत ल्याएर विजयी हुने घोषणा गरे
आफुले १२ बर्षदेखि जनतासामु घोषणा गरेका काम पूरा नगरे त्यो सांसदलाई फिर्ता बोलाउन पाउनु पर्ने राइट टु रिकल आफुलाई मन नपरेको फरक पार्टीका उम्मेदवारलाई मत हाल्न बाध्यपार्ने ब्यवस्था बिरुद्ध उम्मेदवारलाई नै मत हाल्न पाउने अधिकार राइट टु रिजेक्ट स्थापित गर्न प्रयासरत रहेको बताए

सम्बन्धित समाचार