२०८३ बैशाख १९ गते , शनिबार

महाकाली सन्धि राष्ट्रहितमा छ –देवराज घिमिरे

sajilo news
परिवेश मिडिया
२०७९ कार्तिक २ गते , बुधबार
महाकाली सन्धि राष्ट्रहितमा छ –देवराज घिमिरे

बिर्तामोड नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज एवम् झापा क्षेत्र नम्बर का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि राष्ट्रहितमा रहेको बताएका छन् बुधबार बिर्तामोडमा आयोजित सम्पादकसँग उम्मेदवारहरु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले महाकाली सन्धि नेपाल राष्ट्रको अहितमा नरहेको बताएका हुन
कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिँदै घिमिरेले भने–‘जुन महाकाली सन्धि पारित भएको त्यो महाकाली सन्धि नेपाल राष्ट्रको अहितमा छैन, त्यसले राष्ट्रियता माथि समस्या ल्याएको छैन महाकाली सन्धिले उल्टै सन्धिले महाकाली नदिलाई साझा नदिको रुपमा स्थापित गरेको एकलौटी प्रयोग गरिरहेको पानीमा अधिकार स्थापित गरेको घिमिरेले बताए उनले पञ्चेश्वर परियोजनाको लागत कसले व्यहोर्ने, त्यसको डीपीआर तयार गर्ने, पास गर्ने त्यो डीपीआर अनुसारको परियोजना निर्माण नहुँदा सन्धि कार्यान्वयनमा नआएको बताए सन्धि कार्यान्वयनमा नआउनुको मतलब त्यो ठीक भएको त्यो प्रयोगमा नजानु चाँहि गलत भएको उनले दोहोर्याए
घिमिरेले बहुउद्धेश्यीय पञ्चेश्वर परियोजना कार्यान्वयनमा गएको भए राष्ट्र धेरै अगाडी बढिसकेको हुने धारणा व्यक्त गरे
तत्कालिन समयमा नेकपा एमालेभित्र महाकाली सन्धिको बिषयलाई लिएर ठूलो अन्तरविरोध भएको थियो सन्धिको पक्ष बिपक्षमा पार्टीभित्र विवाद हुँदा घिमिरेको मत निर्णायक बनेको थियो मनमोहन अधिकारी बिरामी भएका कारण पार्टीको पहिलो बरियताक्रममा रहेका बैकल्पिक केन्द्रीय सदस्यको हैसियतले घिमिरेले सन्धिको पक्षमा निर्णायक मत हालेका थिए
पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धि गल्ती भएको स्वीकार गरिसकेका छन्
२०५२ साल माघ २९ गते नेपाल भारत सरकारका प्रतिनिधीले हस्ताक्षर गरेको पञ्चेश्वर परियोजनासहितको एकिकृत महाकाली सन्धि २०५३ साल असोज गते संसदको दुवै सदनको संयुक्त बैठकले अनुमोदन गरेको थियो
कार्यक्रममा बोल्दै नेता घिमिरेले गठबन्धन दलको तर्फबाट आफ्नो प्रतिष्पर्धीको रुपमा रहेका हरिकुमार राना सहिसलामत छन् कि बिरामी छन् भन्दै आश्चर्य व्यक्त गरे राना धानको बिचमा सामा भएको भन्दै उनको पक्षमा जनमत नभएको बताए
क्षेत्र नम्बर () का उम्मेदवार एकराज कार्कीलाई अघिल्लो कार्यकालमा बिर्तामोडलाई बन्दमुक्त क्षेत्र घोषणा गर्ने, यहाँ रहेका खोलाहरु तटबन्धन गर्ने लगायत प्रतिबद्धता पूरा नगरी फेरी उम्मेदवारी दिँदा तपाईको लोकप्रियता के रहन्छ ? भन्ने प्रश्नमा कार्कीले आफूले प्रतिबद्धता गरेका कुराहरु करिब करिब पूरा गरिसकेको बताए उनले गरामनीलाई बन्दमुक्त क्षेत्र बनाएको बिर्तामोडलाई पनि बन्दमुक्त क्षेत्र बनाउने कुरामा विभिन्न पहलहरु भएपनि सफल हुन नसकेको बताए उनले मुलुक समृद्धिको अभियानमा अगाडी बढिसकेकाले बन्द गर्नु जरुरी नभएको यहाँका सरोकारवालाहरुसँग छलफल गरेर बन्दमुक्त क्षेत्र बनाउने कुरा गर्न सकिने धारणा राखे
प्रदेशको बजेट थोरै भएको करिब दुई बर्ष कोरोना संक्रमणका कारण काम गर्न नसकिएको बताउँदै रेखा, देउनिया, हर्चना, भुसुडीलगायतका खोलाहरुमा करिब करोडको तटबन्धन गरेको बताए
त्यस्तै प्रदेश () का प्रदेशसभा सदस्यका उम्मेदवार तिलचन (चिन्तन) पाठकलाईहारको पर्यायभनेर भनिन्छ नि भन्ने जिज्ञासामा आफू संसदीय अभ्यासमा पहिलो पटक अघिल्लो स्थानीय तहको निर्वाचनमा चुनाव लडेको झिनो मतले हार व्यहोर्नु परेको बताए एक पटक हार्दैमा हारको पर्याय नै भन्न नहुने सँधै पराजय नहुने बताए

सम्बन्धित समाचार