उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष नेपाल झापा २ मा 'स्वतन्त्र' उम्मेदवार
बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा 'स्वतन्त्र' उम्मेदवारी दिएका भद्रप्रसाद नेपाल (स्वागत) राजनीतिक दलको अध्यक्ष रहेको पाइएको छ । उनी उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष हुन ।
गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको क्रेज बढेको अवस्थामा स्वतन्त्र उम्मेदवारी दिने होड चलेपनि नेपाल भने दर्तावाल पार्टीको केन्द्रीय अध्यक्ष रहेको पाइएको हो । नेपालले झापा क्षेत्र नम्बर २ मा पार्टीको तर्फबाट नभइ स्वतन्त्र ब्यक्तिको रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन ।

उन्नत लोकतन्त्र पार्टी निर्वाचन आयोगमा २०७८ कार्तिक १४ गते दर्ता भएको पार्टी हो । आयोगले २०७९ साउन २० गतेसम्म अध्यावधिक गरेको सुचिको सिरियल नम्बर ९८ मा रहेको उन्नत लोकतन्त्र पार्टीको दर्ता नम्बर १७२ रहेको छ भने अध्यक्ष भद्र प्रसाद नेपाल र चुनाव चिन्ह खुला किताब उल्लेख छ ।