२०८३ बैशाख १९ गते , शनिबार

एकीकृत समाजवादीसँग एकता गर्छौँ, बाबुराम र बामदेवलाई सँगै लैजान्छौँ– बर्षमान पुन

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ७ गते , मंगलबार
एकीकृत समाजवादीसँग एकता गर्छौँ, बाबुराम र बामदेवलाई सँगै लैजान्छौँ– बर्षमान पुन

काठमाण्डौ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनअनन्त ले आफ्नो दल नेकपा एकीकृत समाजवादीबीच विचार कार्यदिशामा समानता रहेको बताएका छन् विचार मिलेकै कारण आसन्न मंसिर को प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको उनले बताए

यस्तै, एकता संयोजन समिति बनाउने निर्वाचनपछि पार्टी एकता हुने सहमति आफूहरूबीच भइसकेको उनको भनाइ थियो माओवादी केन्द्र एकीकृत समाजवादीबीच विचारको समानता राजनीतिक कार्यदिशामा पनि एकरूपता केही समय अगाडिसम्म हामी एउटै पार्टी नेकपामा सँगै थियौँ, मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग पुनले भने, ‘परिस्थितिले हामी अलग भएका छौँ तर, फेरि पनि हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ यसमा सबभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी समाजवादी नै हो

पुनले बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए बाबुराम भट्टराईजी वामदेव गौतमजीसँग पनि कुरा भइरहेको , पुनले भने, ‘सकेसम्म एउटै घोषणापत्र बनाएर जाने कुरा भइरहेको

गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने उनले बताए मुलुकको परराष्ट्र नीति तथा सुशासन विकासबारे समान धारणा बनाएर जनताका बीचमा लैजाने उनले स्पष्ट गरे राजनीतिक स्थायित्व, संविधानको रक्षा संविधानमा उल्लेख जनताका अधिकार कार्यान्वयनका लागि वर्तमान सत्तागठबन्धन बनेको चर्चा गर्दै उनले ती विषय पनि आफूहरूको साझा चुनावी एजेन्डा भएको उल्लेख गरे

सम्बन्धित समाचार