२०८३ बैशाख १९ गते , शनिबार

झापा ५ मा माओवादीको तर्फबाट रञ्जित तामाङ उठ्ने

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण ३१ गते , मंगलबार
झापा ५ मा माओवादीको तर्फबाट रञ्जित तामाङ उठ्ने

बिर्तामोड नेकपा माओवादी केन्द्रका युवा नेता रन्जित तामाङले आफू झापा क्षेत्र नम्बर बाट चुनाव लड्ने बताएका छन पार्टीको झापा जिल्ला समन्वय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पार्टीले टिकट दिए आफू आगामी मंसिरमा हुने चुनाबमा झापा बाट लड्न तयार रहेको बताएका हुन

अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका नेता तामाङले आफू आकांक्षी भए पनि पार्टीले टिकट नदिए पार्टी काममा पूर्ण लाग्ने बताए अहिलेको गठबन्धन पार्टीका लागि गलगाँड नभएर बाध्यता भएको बताएका उनले एमालेले बहुमत ल्याए माओवादी आन्दोलन असफल हुने दाबी समेत गरे केपी ओलीले बहुमत ल्याए भने हाम्रा नेता कार्यकर्ताहरुलाई लखेट्नेछन,’ उनले भने, ‘माओवादी आन्दोलनले स्थापित गरेका एजेण्डाहरु असफल हुनेछन पार्टीका सामु ठूलो चुनौती रहेको बताउँदै नेता तामाङले माओवादी आन्दोलनलाई पुनः जागरण गर्नुपर्ने बताए नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस नेकपा एकीकृत समाजवादी पार्टीबिच भएको गठबन्धनलाई गलत भन्नेहरु नै राप्रपासँग गठवन्धन गरेर चुनाव लड्ने तयारीमा रहेको बताउँदै अरुलाई दोष लगाउनेले आफै ऐना हेर्नुपर्नेमा जोड दिए माओवादीले युगान्तकारी परिवर्तन गरेको बताएका उनले माओवादीले नै सरकारको नेतृत्व गर्नु पर्नेमा उनले जोड दिए उनले नेताकार्यकर्ताहरुलाई मंसिरमा हुने चुनावमा अहिलेदेखि जनताका घरदैलोमा पुग्न आग्रहसमेत गरे

जिल्ला समन्वय समिति अध्यक्ष राजु आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि माननीय राम कार्की रहेका थिए पार्टीका जिल्ला सचिव मोहन टुडुले सञ्चालन गरेको कार्यक्रममा प्रदेश का कृषि मन्त्री झलकसिं दर्लामी, केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने, नम्बर प्रदेश पार्टी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), कोषाध्यक्ष रेवतराज पुरी, केन्द्रिय अनुशासन आयोग सदस्य पूर्णप्रसाद राजवंशी, झापा जिल्ला सह इञ्चार्जहरु पुरुषोत्तम चुडाल, चन्द्रप्रसाद कडरिया, बोधराज दाहाल, ज्योतिसिं दर्लामी, खड्गबहादुर कन्दङ्बा लगायत सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो

सम्बन्धित समाचार