पत्रकारको सुझाव लिन राप्रपा अध्यक्ष लिङ्देन झापामा
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार झापाली पत्रकारहरुसँग चिया गफ गरेका छन । लिङ्देनले फरक ढङ्गबाट पत्रकार भेटघाट गरि सुझाव लिएका हुन ।
लिङ्देनले कार्यक्रमको शुरु मै 'आज क्यामेरा तयार गर्नु पर्दैन, कलमपनि ठिकठाक गर्नु पर्दैन' भन्दै ठट्टा गरेका थिए । आफू पार्टी अध्यक्ष भए पनि अपूर्ण रहेको भन्दै संचारकर्मीहरुको सुझाब लिन आफू झापा आएको बताए । उनले झापाबाट शुरु गरेको सुझाब संकलन अभियान देशब्यापी बनाउने बताए ।
भेटघाटमा पत्रकारहरुले अन्य दलहरुले कतिपय राष्ट्रिय मुद्दाको स्पष्ट जवाफ नदिने बताउँदै राप्रपा त्यस्तो नहोस भन्ने सुझाए । उनीहरुले लिङ्देनलाई देशको कार्यकारी प्रमुख भएको हेर्न चाहेको बताएका थिए । पत्रकारको घुमाउरो प्रश्नमा लिङ्देनले आगामी चुनावमा आफू क्षेत्र नम्बर ३ बाट नै उठ्ने स्पष्ट पारे । 'मेरो देवि देउता सबै यहिँ छ, अन्य गइयो भने खत्तम भइन्छ,' उनले भने । राप्रपा आगामी चुनावमा पनि गठबन्धन गरेर जान सक्ने समेत उनले बताए ।