२०८३ बैशाख १९ गते , शनिबार

‘जनताको सेवक’ बन्न झापा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार उठ्दै खतिवडा

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १६ गते , सोमबार
‘जनताको सेवक’ बन्न झापा क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार उठ्दै खतिवडा

बिर्तामोड यातायात क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका मेचीनगरका विदुरकुमार खतिवडा आगामी मंसिरमा हुने भनिएको संघीय निर्वाचनमा झापा क्षेत्र नं बाट उठ्ने भएका छन्

शान्तिनगरका स्थायी बासिन्दा खतिवडा हाल मेचीनगर काँकरभिट्टामा बस्दै आएका छन् खतिवडाले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेर झापा क्षेत्र नंं को चुनावी मैदानमा उत्रिने तयारी गरेका हुन्

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् उनले राजनीतिक दलका नेताहरुले सपना मात्रै बाँडेको भन्दै आफ्नो उम्मेद्वारी जनताको परिवर्तनका लागि हुने बताए आफ्नो उम्मेद्वारी घोषणासँगै उनले विभिन्न सामाजिक व्यक्तिहरुसँगको भेटघाटलाई अगाडि बढाएका छन्

राजनीतिक दलका नेताहरुको कार्यशैली देखेर जनता दिक्क भएका छन्,’ ४६ वर्षीय खतिवडाले भने, ‘चुनाव जितेर फेरि गाउँ नपुग्ने नेताका कारण जनताले नयाँ विकल्प खोजिरहेका छन् त्यसका लागि उभिएको छु जहाँ जे समस्या छन्, ती समस्यालाई सम्बोधन गर्न तयार छु

०४९ सालदेखि उनी यातायात क्षेत्रमा क्रियाशील छन् सुरुमा खतिवडाले बस चालक भएर काम गरे लामो समय बस चालकको रुपमा काम गरेपछि उनी ७० सालदेखि यातायात क्षेत्रका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय बने

यातायात व्यवसायी मजदुरका हकहितका निम्ति खतिवडा सक्रिय भएर लागे मातृभूमि भलाई एण्ड इन्भेसमेन्ट कम्पनी प्रालिको क्षति मूल्यांकन समितिको संयोजक भएर जिम्मेवारी निर्वाह गरिसकेका खतिवडा हाल बुद्धशान्ति यातायात एण्ड अटो प्रालिका प्रबन्ध निर्देशकको रुपमा कार्यरत छन्

झापामा यातायात क्षेत्रको सिन्डीकेट हटाएर प्रालि दर्ता गरेर गाडी सञ्चालन गराउने कुरामा खतिवडाको ठूलो पहल रहेको यातायातकर्मीहरु बताउँछन्

राजनीतिक दलका उम्मेदवार चुनाव अघि विभिन्न प्रलोभनमा पारेर भोट माग्ने तर चुनाव जितेपछि व्यवहार परिवर्तन गर्ने गरेका कारण मतदाताले परिवर्तन खोजेको जनताको सेवक भएर काम गर्न आफू तयार भएको खतिवडा बताउँछन् जनताको आवश्यकता पहिचानका लागि विभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया गर्ने तयारीमा आफू लागेको खतिवडाको भनाई  

सम्बन्धित समाचार