जस लिनका लागि सरकारले नागरिकता बिधेयक ल्यायो : ओली
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जस लिनका लागि गठबन्धन सरकारले नागरिकता बिधेयक ल्याएको बताएका छन् । बुधबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बोल्दै आफुले जस लिनका लागि बिधेयक ल्याएको बताएका हुन ।
नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले यसअघि समितिमा तीन बर्ष रोकेर राखेको उक्त बिधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको दाबी गरेका हुन् । उनले समितिमा छलफल नै नगराई नयाँ बिधेयक ल्याएर सरकारले जनतालाई भ्रममा राखेको बताए ।
ओलीले गठबन्धनमा भएका दलले पहिचानका नाममा राज्यलाई बिखण्डीत गर्ने प्रयास गरेको आरोप समेत लगाए । साथै उनले सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा समेत दिएका छन् ।
उनले देशलाई विकासको गतिमा अगाडि बढ्न नदिने सबै भन्दा खतरा नै गठबन्धन भएको भन्दै त्यसलाई सबैले मिलेर परास्त गर्नु आजको आवश्यकता भएको औँल्याए ।
उनले मुलुकमा संघियता व्यवहारीक रुपमा भर्खरै कार्यान्वयन तथा प्रयोग गर्न खोजिरहेको बेला बिभिन्न बहानामा देशलाई खण्डिकृत गर्ने कुराहरु गठबन्धन घटकबाट भइरहेको भन्दै आपत्ति जनाए ।