२०८३ बैशाख १९ गते , शनिबार
प्रदेश १ को नामाकरण भूगोलको आधारमा गर्न एमाले-कांग्रेस एउटै लाइनमा
विराटनगर । प्रदेश १ को प्रदेशसभाको दशौं तथा अन्तिम अधिवेशनबाट नाम टुङ्गो लगाउने प्रयासमा दलहरु जुटेपछि पहिचानका पक्षधरहरूको सक्रियता बढेको छ ।
कांग्रेस एमालेले भूगोलको पक्षमा अडान राखेपछि पहिचानवादीहरुको सक्रियता बढेको हो ।
नामको टुङ्गो लगाउनका लागि भन्दै शुक्रबार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बसेको थियो । बैठकमा नेकपा एमाले र राप्रपाले भूगोलको आधारमा कोशी र सगरमाथा प्रस्ताव गर्दा माओवादीले किराँत प्रस्ताव गर्यो ।
नेकपा एकीकृत समावादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बहुपहिचानलाई आधार मानेर अघि बढ्नु पर्ने बताए ।