२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोड पूर्ण खोपयुक्त नगरपालिका
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रबार (आज) नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो ।
यस अघि खोप समन्वय समितिकोे बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोपयुक्त वडा घोषणा भई सकेको जनाउँदै नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणाका लागि कार्यपालिकामा प्रस्ताव गरेको थियो ।
२३ महिनाभन्दा मुनिका बच्चाहरुले सबै प्रकारका खोप लगाई खोपको पुर्ण सुनिश्चिता भइसकेकाले बिर्तामोडका सबै वडालाई यस अघिनै पुर्ण खोपयुक्त वडा घोषणा गरिसकिएको छ । बिर्तामोडमा पूर्ण खोपका लागि शतप्रतिशत प्रगति हासिल गरेको खोप समन्वय समितिले जनाएको छ ।