२०८३ बैशाख १९ गते , शनिबार

बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ २८ गते , शनिबार
बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण

बिर्तामोड बिर्तामोडको भद्रपुर रोडस्थित सनसाइन मेडिसिन सेन्टरले बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको सेन्टरले शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो

नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर केशवकुमार मण्डलले बालबालिकाको स्वास्थ्य परिक्षण गरेका थिए समाजमा परोपकारी काम गर्ने उद्धेश्यले शिविर सञ्चालन गरिएको मेडिसिन सेन्टरका सञ्चालक प्रबिन पराजुलीले बताए शिविरमा ३० जना बालबालिकाको स्वास्थ्य परिक्षण गर्नुका साथै निःशुल्क औषधीसमेत वितरण गरिएको उनले बताए

सप्तरी मुल घर भएका डा. मण्डलले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस काठमाण्डौ युनिभर्सिटीबाट एमडी गरेका छन् विगत बर्षदेखि नवजात शिशु तथा बालरोग विशेषज्ञको रुपमा कार्यरत डा. मण्डलले बिर्तामोडस्थित कनकाई हस्पिटल, झापा नेशनल हस्पिटल सनसाइन मेडिसिन सेन्टरमा सेवा दिँदै आएका छन्

शिविरमा सिजनल फ्लुका बिरामी बढी आएको डा. मण्डलले बताए उनले धेरैजसो बिरामीले मेडिकलबाट स्वास्थ्यकर्मीको परामर्शमा एण्टिबायोटिक खुवाइसकेर अन्तिममा बिशेषज्ञ डाक्टरकोमा आइपुग्ने बताए उनले बिरामीलाई शुरुमै एण्टिबायोटिक चलाउन नहुने बताउँदै धेरैजसो अस्पताल तथा मेडिकलमा अनावश्यक स्वास्थ्य परिक्षण गराउने गरेका कारण अभिभावक हैरान भएको बताए बालबालिकाहरुको स्वास्थ्य समस्या संवेदनशिल हुने बताउँदै औषधी शुरु गर्नुअघि विशेषज्ञ डाक्टरको परामर्श लिन अनुरोध गरे

स्वास्थ्य शिविरमा अधिकांश औषधीसमेत निःशुल्क वितरण गरिएको सञ्चालक पराजुलीले जानकारी दिए उनका अनुसार फोर्ट, सिद्धार्थ, प्राइम, एरिष्टो, टाइमलगायत कम्पनीहरुले निःशुल्क औषधी उपलब्ध गराएका थिए  

सम्बन्धित समाचार