२०८३ बैशाख १८ गते , शुक्रबार

एमाले झापामा पहिलो दल

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ १० गते , मंगलबार
एमाले झापामा पहिलो दल

झापामा एमाले पहिलो दल
बिर्तामोड । दलगत आधारमा हेर्दा मुलुकमा दोस्रो स्थानमा रहेको नेकपा एमाले झापामा भने पहिलो दलको रुपमा रहेको छ । जिल्लाको १५ मध्ये ७ पालिका प्रमुख नेकपा एमालेले जितेको छ ।
सात मध्ये एक पालिकामा महिला र बाँकीमा पुरुष प्रमुख पदमा एमालेबाट चुनिएका हुन । एमालेले झापाको दश पालिकाको उपप्रमुखमा जित हासिल गरेको छ ।
एमालेले बिर्तामोड, मेचीनगर, गौरादह, अर्जुनधारा, शिवसताक्षी, बाह्रदशीमा प्रमुख र उपप्रमुख पद जितेकोछ ।
कनकाईमा नगरप्रमुख एमालेले जितेको छ ।
त्यस्तै कचनकवल, बुद्धशान्ति, गौरीगन्ज र कमलमा उपप्रमुख पद जितेको छ ।
त्यस्तै नेपाली कांग्रेसले छ वटा प्रमुख र दुई वटा उपप्रमुख पद जितेर दोस्रो दल बनेको छ। कांग्रेसले झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ । कचनकवल, बुद्धशान्ति, भद्रपुर, गौरीगन्ज र कमलमा प्रमुख पद जितेको छ । कनकाई र दमकमा कांग्रेसले उपप्रमुख पद जित्न सफल भएको छ ।
दुई प्रमुख र दुई उपप्रमुख जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी तेस्रो दल बनेको छ । राप्रपाले हल्दिबारीमा अध्यक्ष र उपाध्यक्ष जित्न सफल भएको छ भने दमकमा नगर प्रमुख पदमा जित हाऐल गरेको छ । भद्रपुर नगरपालिकाको उपप्रमुखपनि राप्रपाले जितेको छ ।

सम्बन्धित समाचार