२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडका नव निर्वाचित जनप्रतिनिधीले लिए सपथ

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ९ गते , सोमबार
बिर्तामोडका नव निर्वाचित जनप्रतिनिधीले लिए सपथ

बिर्तामोड स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचित बिर्तामोड नगरपालिकाका जनप्रतिनिधीले सोमबार सपथ लिएका छन् नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बिच बिर्तामोडका ५१ जना जनप्रतिनिधीहरुले सपथ ग्रहण गरेका हुन

सोमबार जिल्ला अदालत झापामा सपथ लिएपछि नगरप्रमुख पवित्रा महतरा प्रसाईले पदभार ग्रहण गरेकी थिइन् नवनिर्वाचित जनप्रतिनिधीहरुलाई नगरप्रमुख प्रसाईले सपथ ग्रहण गराएकी थिइन् सबै वडाका वडाध्यक्षहरुलाई आजै पद बहाली समेत गराइने बताइएको

सपथ ग्रहण कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले अब जनप्रतिनिधीहरु कुनै दलको नभएर आम नगरबासी जनताको अभिभावकको रुपमा आउनुपर्ने बताइन् विकासका योजनाहरु बनाउँदा कुनै दलको नाममा बखेडा झिक्न नहुने बताउँदै प्रसाईले प्रतिनिधीहरु जनसुकै दलबाट आएपनि समाजको समृद्धिको लागि आएको बताइन्

प्रसाईले बिर्तामोडको विकासका लागि सबै पक्षसँग सल्लाह गरेर अगाडी बढ्ने बताइन् जनतालाई सुशासन कायम राख्दै मुस्कानसहितको सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाइन् सिमित स्रोत साधनको प्रयोग गरेर असिमिति आवश्यकताहरु पुरा गर्नुपर्ने भएकाले सबैको सल्लाह सुझावबाट अगाडी बढ्नुपर्नेमा जोड दिइन्

कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला लगायत बिर्तामोड का वडाध्यक्ष अग्नी पाण्डे, महिला सदस्य यमुनादेवि आचार्य, दलित महिला सदस्य कमला महरा दर्जी, वडा सदस्यहरु टेकबहादुर अधिकारी योगचन्द्र आङबुहाङले सपथ लिएका थिए

त्यस्तै नम्बर वडाका वडाध्यक्ष किशोरकुमार पौडेल, महिला सदस्य तिला गौतम, दलित महिला सदस्य सर्मिला तिखत्री, वडा सदस्यहरु ओमनाथ गौतम चेतन विमलीले पनि सपथ लिएका थिए

सपथ ग्रहण गर्ने अरु जनप्रतिनिधीहरुमा वडा नम्बर तीनका वडाध्यक्ष मदन बुढाथोकी, महिला सदस्य धनसरी राजवंशी, दलित महिला सदस्य लक्ष्मी रोक्का सार्की, वडा सदस्यहरु भागीमान लिम्बु हरिप्रसाद बास्कोटा रहेका छन्

वडा नम्बर का वडाध्यक्ष राहुल शर्मा, महिला सदस्य रमादेवि राजवंशी, दलित महिला सदस्य निर्मलादेवि सुनार, वडा सदस्यहरु उमेश राउत केशव श्रेष्ठलेपनि सपथ ग्रहण गरे

वडा नम्बर का वडाध्यक्ष रोहित प्रसाईँ, महिला सदस्य शान्ता रोका क्षेत्री, दलित महिला सदस्य मालत विश्वकर्मा, वडा सदस्यहरु ओमभक्त सेडाईँ दुर्गाप्रसाद शिवाकोटीले पनि सपथ ग्रहण गरेका छन्

सपथ लिने वडा नम्बर का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा, महिला सदस्य गीता शर्मा (रेग्मी), दलित महिला सदस्य शेभा विश्वकर्मा, वडा सदस्यहरु खेमनाथ अधिकारी जिवन बास्कोटा रहेका छन्

वडा नम्बर का वडाध्यक्ष कृष्णप्रसाद खरेल, महिला सदस्य मनकुमारी लिम्बु, दलित महिला सदस्य हिमलता विश्वकर्मा, वडा सदस्यहरु खडानन्द निरौला लक्षिमा खतिवडालेपनि सपथ लिएका छन्

वडा नम्बर का वडाध्यक्ष अजय कार्की, महिला सदस्य इन्दिरा पाण्डे, दलित महिला सदस्य लक्ष्मी नेपाली, वडा सदस्यहरु अग्नीप्रसाद सिटौला सोयालाल राजवंशीलेपनि कार्यक्रममा सपथ लिएका छन्

वडा नम्बर बाट सथप लिनेमा वडाध्यक्ष हरिप्रसाद चौलागाई, महिला सदस्य सल्पना राजवंशी, दलित महिला सदस्य संगिता सिवा, वडा सदस्यहरु केशव बुढाथोकी चन्द्रप्रसाद दंगाल रहेका छन्

त्यस्तै वडा नम्बर १० बाट वडाध्यक्षमा दुर्योधन गुरुङ, महिला सदस्य धनमाया श्रेष्ठ, दलित महिला सदस्य दिपिका सिवा, वडा सदस्यहरु पञ्चधन राई पृथीबहादुर बस्नेतले सपथ लिएका हुन्

 

सम्बन्धित समाचार