२०८३ बैशाख १८ गते , शुक्रबार

पूर्व प्रदेश सांसदलाई हराउँदै सूर्योदयमा नेकपा एसका राई विजयी

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ७ गते , शनिबार
पूर्व प्रदेश सांसदलाई हराउँदै सूर्योदयमा नेकपा एसका राई विजयी

फिक्कल इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा नेकपा एकिकृत समाजवादीका उम्मेदवार रणबहादुर राई विजयी बनेका छन् राईले नेकपा एमालेका काजिमान कागतेलाई पराजित गरेका हुन्

कागते प्रदेश प्रदेशसभा सदस्यबाट राजिनामा दिएर सूर्योदयको प्रमुखमा उम्मेदवार बनेका थिए गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका राईले १२ हजार ३४१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत प्राप्त गरेका थिए यो हजार ७६२ मतको फरक हो राई सूर्योदयको निवर्तमान नगरप्रमुख हुन्

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका दुर्गाकुमार बराल विजयी भएका छन् उनले ११ हजार ८५४ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी दुर्गादेवि भट्टराईले हजार १२२ मत प्राप्त गरिन्

 

सम्बन्धित समाचार