२०८३ बैशाख १८ गते , शुक्रबार

राप्रपाकी रञ्जु प्याकुरेलको चुनाव खर्च १ लाख

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ६ गते , शुक्रबार
राप्रपाकी रञ्जु प्याकुरेलको चुनाव खर्च १ लाख

बिर्तामोड राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बिर्तामोड नगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार रञ्जु प्याकुरेलले चुनावमा लाख रुपैँया खर्च भएको बताएकी छिन् घोषणा पत्र तथा प्रचार सामाग्री, उम्मेदवारी दर्ता, यातायात, बुथ खर्च लगायतमा एक लाख रुपैँया खर्च भएको बताएकी हुन्

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख तथा उपप्रमुखले लाख ५० हजार रुपैँयासम्म खर्च गर्न सक्नेगरि सिलिङ तोकेपनि प्याकुरेलले आफ्नो चुनाव खर्च एक लाख रुपैँया मात्र भएको परिवेश मिडियासँग जानकारी दिइन्

प्याकुरेलले घोषणापत्र तथा प्रचारसामाग्री छपाईमा ३० हजार, यातायातमा २० हजार रुपैँया बुथ खर्च ५० हजार रुपैँया भएको बताएकी हुन्

विजेतालाई बधाई मतदातालाई आभारसहित धन्यवाद

प्याकुरेलले वैशाख ३० गते सम्पन्न निर्वाचनमा राप्रपालाई मतदान गरेकोमा मतदातालाई धन्यवाद ज्ञापन गरेकी छिन् आफू राप्रपाको तर्फबाट उम्मेदवार भई निर्वाचनमा सहभागी भएको प्राविधिक रुपमा पराजित भएपनि इमान्दारपूर्वक पार्टीको नीति सिद्धान्तप्रति निष्ठावान रहेका कारण विचलित नहुने प्रतिबद्धतासमेत व्यक्त गरेकिछिन् सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्याकुरेलले राप्रपा पार्टीमात्र नभई भ्रष्टाचार विरुद्धको अभियानपनि भएको उल्लेख गरेकिछिन्

त्यस्तै प्याकुरेलले नगर प्रमुखमा निर्वाचित पवित्रादेवि महतरा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला तथा वडाध्यक्ष लगायत सम्पूर्ण प्रतिनिधीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएकिछिन्

राप्रपाले सम्मानजनक मत ल्याउँदै बिर्तामोड नगरपालिकामा तेस्रो शक्तिको रुपमा स्थापित भएको बिर्तामोडमा गठबन्धन गरेर जाने एमालेको प्रस्तावसमेत अस्वीकार गरेको राप्रपाले आफ्नो मतसंख्या अघिल्लो निर्वाचनभन्दा बढाएको

 

  

सम्बन्धित समाचार