२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोड-५ को वडाध्यक्षमा कांग्रेसका रोहित प्रसाईं विजयी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसका रोहित प्रसाईं वडाध्यक्षमा विजयी भएका छन । प्रसाईंले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजेन्द्र लिङ्देनलाई पराजित गरेका हुन । लिङ्देन निवर्तमान वडाध्यक्षसमेत हुन ।
प्रसाईंले २५०८ मत ल्याएका छन भने लिङ्देनले २२७१ मत ल्याएका छन ।
अन्य सदस्यहरु नेकपा एमालेबाट निर्वाचित भएका छन। महिला सदस्य शान्ता रोका क्षेत्री, दलित महिला सदस्य मालती बिक, वडा सदस्यहरु दुर्गाप्रसाद शिवाकोटी र ओमभक्त सेडाईँ निर्वाचित भएका छन ।
बिर्तामोड-५ मा ८८५९ जना मतदाता रहेकोमा ५९४३ मत खसेको थियो ।