२०८३ बैशाख १८ गते , शुक्रबार

झापाका ६ पालिकाको मत गणना सकियो, हेर्नुहोस कसले कहाँ जित्यो

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ५ गते , विहीबार
झापाका ६ पालिकाको मत गणना सकियो, हेर्नुहोस कसले कहाँ जित्यो

बिर्तामोड झापाको वटा पालिकाको मत गणना सम्पन्न भएको यी मध्ये तीन वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेसले तीन स्थानमा विजय हासिल गरेको भने दुई वटामा नेकपा एमाले एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको

कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद राजवंशी अध्यक्ष पदमा विजयी भएका छन् राजवंशीले नकटतम प्रतिद्वन्दी राप्रपाका अञ्जरा आलमलाई पराजित गरेका हुन आलम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् उपाध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई विजयी भए उनले निकटतम प्रतिद्वन्दी राप्रपाकी निमसरी राजवंशीलाई पराजित गरेका हुन् निमसरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन्

कचनकवलमा एमालेले नेपाली कांग्रेससँग तालमेल गरेको थियो

हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेन विजयी भए उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई पराजित गरेका हुन् लिङदेन गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् भने गिरी उपाध्यक्ष हुन्

त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवि मैनाली विजयी भइन् उनले नेकपा एमालेकी शान्तादेवि गौतमलाई पराजित गरेकी हुन्

बाह्रदशी गाउँपालिकामा नेकपा एमालेका  देविन्द्रप्रसाद चम्लागाईले नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीलाई पराजित गरे राजवंशी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्

उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्तादेवि शिवाकोटी विजयी भइन् उनले राप्रपाकी कमला राजवंशीलाई पराजित गरेकी हुन्

झापा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष जयनारायण शाह दोहोरिए उनले निकतटम प्रतिद्वन्दी नेकपा एमालेका गौरी शंकर राजवंशीलाई पराजित गरेका हुन् उपाध्यक्षमा नेपाली काग्रेसकै अञ्जुदेवि थपलिया विजयी भइन् उनले नेकपा एमालेकी देविमाया अधिकारीलाई पराजित गरेकी हुन्

भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसका गणेश पोखरेल विजयी भए उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका असारु राजवंशीलाई पराजित गरे उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शिव कुमार राजभण्डारीलाई पराजित गर्दै राप्रपाकी राधा कार्की विजयी भइन्

कनकाईमा नेकपा एमालेका तर्फबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल दोहोरिए उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गरेका छन् उपप्रमखमा नेपाली कांग्रेसकी आशा शिवाकोटी विजयी भइन् उनले नेकपा एमालेकी मञ्जु प्रसाईलाई पराजित गरेकी हुन्

 

 

 

 

सम्बन्धित समाचार