२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोड-२ मा एमालेको प्यानल विजयी
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
वडाध्यक्ष किशोरकुमार पौडेलले २०२१ मतसहित विजयी बने । उनका निकटतम प्रतिद्वन्दीनेपाली कांग्रेसका धर्म लक्सम्बाले १२३० मत प्राप्त गरेका थिए ।
महिला सदस्य तिला गौतम (२०८१), दलित महिला सदस्य शर्मिला त्रिखत्री (२०२९) र वडा सदस्यमा ओमनाथ गौतम (१८२५) र चेतन विमली (१८४७) विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।