२०८३ बैशाख १८ गते , शुक्रबार

अर्जुनधारामा एमालेले जितिसक्यो : अग्नी खरेल

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २५ गते , आईतबार
अर्जुनधारामा एमालेले जितिसक्यो : अग्नी खरेल

अर्जुनधारा नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको बताएका छन् आज अर्जुनधारा नगरपालिकाको नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहेका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहेपनि औपचारिक घोषणकालागि बैशाख ३० पर्खिएको बताए

उहाँले अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले युवा नेता बलदेव गोम्देन तामाङलाई मेयर पदको उम्मेदवार बनाएसँगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको बताए गोम्देन उम्मेदवार चुनिएसँगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावी गरे

अहिले देखिएका नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उनले बताए नगरबासीमा लोकप्रिय नेता बलदेवले बर्षको अवधिमा १० नम्बर वडामा वडाध्यक्ष हुँदा गरेका काम, विकासप्रतिको लगाव नै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाई थियो

गठबन्धन गरेर कांग्रेस माओवादी केन्द्र संसदीय व्यवस्थाको खिलापमा उभिए

त्यस्तै चुनावी कोणसभालाई सम्बोधनको क्रममा नेता खरेलले उदार लोकतन्त्रको कुरा गर्ने कांग्रेसले माओवादी केन्द्रसँग मिलेर ल्याउने व्यवस्था कस्तो हुन्छ ? भन्दै प्रश्न गरे उनले केवल राजनीतिक दलको स्वार्थकालागि गठबन्धन भएकाले मुलुककालागि दुर्भाग्य भएको बताए दुनियाँमा सरकार बनाउनकालागि गठबन्धन भएका थुपै उदाहरण रहेपनि स्थानीय सरकारका प्रतिनिधिलाई जनताले प्रत्यक्ष चुन्ने निर्वाचनमा गठबन्धन भएको यो नै पहिलो भएको पनि तर्क गरे

उनले बिचारका आधारमा संगठित गर्ने पद्धतिलाई कांग्रेस माओवादी केन्द्रले ध्वस्त पारेको भन्दै ती दल संसदीय व्यवस्थाको खिलापमा उभिएको आरोप लगाए

कार्यक्रममा नेकपा एमालेका तर्फबाट अर्जुनधाराको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ उपमेयर पदकी उम्मेदवार खडगमाया पराजुलीले समृद्ध नगर निर्माण गर्ने योजना पुरा गराउनका लागि आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरेका थिए

 

 

 

सम्बन्धित समाचार