२०८३ बैशाख १८ गते , शुक्रबार

एक घर एक रोजगार सिर्जना गर्छौँ : बलदेव

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २२ गते , विहीबार
एक घर एक रोजगार सिर्जना गर्छौँ : बलदेव

शनिश्चरे नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जनधारा नगपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाकासाथ काम गर्ने बताएका छन् चुनावी घरदैलोका क्रममा अर्जुनधारा मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गोम्देनले आफुहरुलाई जिताउन आग्रह गर्दै आफुहरु नेतृत्वमा आए अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताएका हुन्

गोमदेनले नम्बर वडामा देखिएको नदी कटान उत्खनन्को समस्यालाई स्थानीय सरकारले प्राथमिकताकासाथ हल गर्ने बताए उनले कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका बिषयलाई आफुहरुले पहिलो प्राथमिकतामा राख्ने बताए

कार्यक्रममा उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुली नम्बर वडाका वडाअध्यक्ष पदका उम्मेदवार बिष्णुलाल ढकालले पनि स्थानीय जनताका गुनासो समस्याहरुलाई स्थानीय सरकारले पहिलो प्रथामिकताका साथ समाधान खोज्ने बताए

अर्जुनधारा मा वडासदस्य पदमा उम्मेदवार बनेका उम्मेद्वारहरुले मतदाताहरु समक्ष आफुहरुलाई सूर्य चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गरेका छन्

 

सम्बन्धित समाचार