२०८३ बैशाख १८ गते , शुक्रबार

को हुन् माओवादी केन्द्रबाट हल्दिबारी अध्यक्षका उम्मेदवार भवानी दंगाल ?

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २० गते , मंगलबार
को हुन् माओवादी केन्द्रबाट हल्दिबारी अध्यक्षका उम्मेदवार भवानी दंगाल ?

 

बिर्तामोड वैशाख ३० गते हुन लागि रहेको स्थानीय तह निर्वाचनका लागि गठबन्धन दलले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेल गठबन्धन गर्ने निर्णय गरेपनि झापामा नेकपा माओवादी केन्द्र कांग्रेसबिचमात्र गठबन्धन भयो झापाका ११ पालिकामा गठबन्धन भएपनि चारवटा पालिकामा भने कांग्रेस माओवादीले स्वस्थ प्रतिष्पर्धा गर्ने निर्णय गरे झापा, हल्दिबारी, कनकाई कचनकवलमा गठबन्धन दले स्वस्थ प्रतिष्पर्धा गर्ने निर्णय गरे तिनै स्वस्थ प्रतिष्पर्धा गर्ने पालिकामध्ये हल्दिबारी गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा भवानी प्रसाद दंगाल (भानु) चुनावी मैदानमा होमिएका छन्

वि.सं. २०३६ सालमा ओमनाथ कौशिलादेविको कोखबाट जन्मिएका दंगाल हल्दिबारी का स्थायीबासी हुन् दुई छोरा श्रीमतिका साथ बस्दै आएका दंगालले साविक जलथलको मोती निमाविमा कक्षा सम्मको अध्ययन गरे हल्दिबारी माविबाट एसएलसी उत्तीर्ण गरे मेची क्याम्पस भद्रपुरबाट अंग्रेजी अर्थशास्त्र बिषयमा प्रविणता प्रमाण पत्र तह पूरा गरेका दंगालले स्नातक तह दमक क्याम्पसबाट पूरा गरेका हुन् उनले महेन्द्र क्याम्पस धरानबाट अंग्रेजी बिषयमा स्नातकोत्तर तह पूरा गरेका छन्

सिर्जनशिल, बौद्धिक निडर क्षमता भएका दंगाल २०४९ सालबाट राजनीतिमा प्रवेश गरेको बताउँछन् हल्दिबारी माविको प्रारम्भिक कमिटीको सचिवका रुपमा उनले राजनीतिमा आफुलाई प्रवेश गराएका हुन् २०५२ सालमा मेची क्याम्पस भद्रपुरको प्रारम्भिक कमिटीको सदस्य भएका दंगाल २०५४ सालबाट माओवादीमा प्रवेश गरेका हुन् २०५६ सालमा माओवादीको सदस्यता प्राप्त गरेको दंगाल बताउँछन्

उनी २०५८ सालमा माओवादी निकट अखिल नेपाल शिक्षक संगठन झापाको संस्थापक अध्यक्ष बने उनले २०५८ सालदेखि २०६३ सालसम्म भूमिगत जीवन बिताए

२०५४ सालदेखि शिक्षण पेशामा आवद्ध भएका दंगालले २०५६ सम्म २०६३ देखि २०६५ सम्म अध्यापन गरे उनले राजगढको ज्ञानज्योति उमावि चिल्ड्रेन गार्डेन स्कुल गोलधापमा पढाएका थिए

२०६५ सालदेखि सहकारी क्षेत्रमा प्रवेश गरेका उनले २०६८ सालसम्म कर्णाली साकोस बिर्तामोडको सचिवको रुपमा काम गरे २०६९ यता उनको नेतृत्वको संस्था हाम्रो नेपाल साकोस प्रदेश को छैठौँ ठूलो संस्थाको रुपमा स्थापित

संस्थागत रुपमा दंगालको सामाजिक सहभागिता हेर्ने हो भने २०७४ सालमा उनी झापा जिल्ला सहकारी संघको सहसचिव बने २०७७ सालदेखि झापा जिल्ला सहकारी संघ २०७८ सालदेखि प्रदेश सहकारी संघको सचिवको रुपमा निरन्तर क्रियाशिल छन्

सामाजिक संघसंस्थाको विभिन्न पदमा रहेर क्रियाशिल दंगालले हल्दिबारीको सामाजिक, आर्थिक, साँस्कृतिक, धार्मिक, भौगोलिकलगायत विभिन्न पक्षलाई मसिनो ढंगबाट बुझेको बताउँछन् सानै उमेरदेखि हल्दिबारीमै बसेका कारणपनि आजसम्मको विकासलाई नियालेको भविष्यमा हल्दिबारीको विकासका लागि कस्तो योजना ल्याउनुपर्छ भन्ने स्पष्ट खाका आफूसँग भएको उनको भनाई

एक पालिका एक उत्पादन, एक वडा एक तरकारी विशेष उत्पादनलाई जोड दिँदै हल्दिबारीलाई धान तरकारी उत्पादनको हब बनाउने पशु तथा माछा पालनलाई बिशेष जोड दिने आफ्नो भिजन भएको उनी बताउँछन्

प्रत्येक वडामा एक उपभोक्ता भण्डारण निर्माण गर्ने, स्थानीय सरकारले किसानको उत्पादन खरिद गरिदिने, त्यसलाई ब्राण्डिङ गरिदिने तथा बिक्री वितरणको जिम्मा लिने भ्यालु चेन मार्फत कार्यक्रम सञ्चालन गर्ने आफ्नो योजना रहेको उनको भनाई

हल्दिबारी रिङरोड, खेल मैदान निर्माण, पालिका भित्रका सबै सडकको स्तरोन्नती गर्दै कालोपत्रे गरी बर्षभरि नै सवारी आवातजावत गर्न योग्य बनाउने, मेचे, सन्थाल, राजवंशी, राई, लिम्बु लगायतका जाति जनजातिहरुको साँस्कृतिक जगेर्ना गर्न होमस्टे जातीय संग्रहालय निर्माण गर्ने, पाथीभरा धार्मिक क्षेत्र लक्ष्मीथान धार्मिक क्षेत्रलाई धार्मिक पर्यटन स्थलको रुपमा विकास गर्दै लैजाने योजनाका साथ अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको दंगालले बताए  

समृद्ध हल्दिबारी निर्माणका लागि पालिकामा बेरुजुको अन्त्य गर्ने, घरघरमा स्वच्छ पिउने पानी वितरण गर्ने, माध्यमिक तहसम्म पूर्ण निशुल्क शिक्षाको व्यवस्था मिलाउने, किसानहरुलाई पेन्सनको कार्यक्रम ल्याउने, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनिपूर्जा उपलब्ध गराउने, चारकोशे वनलाई पर्यटनको केन्द्र बनाउने, भेलागुडी वनको पर्यटन प्रवर्धन गर्ने जस्ता व्यवहारिक योजनाका साथ गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएको प्रष्ट्याउँदै दंगाल सबै मतदातासमक्ष भोट दिन अपिल गरिरहेका छन्

 

सम्बन्धित समाचार