२०८३ बैशाख १८ गते , शुक्रबार

पत्रिका वितरण व्यवस्थापकहुँदै सदस्य पदको उम्मेदवारसम्म

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १९ गते , सोमबार
पत्रिका वितरण व्यवस्थापकहुँदै सदस्य पदको उम्मेदवारसम्म

बिर्तामोड रुमिला राई बिर्तामोड आसपासको क्षेत्रमा परिचित नाम हो नम्र भावमा हाँसेर बोल्नु उनको बिशेषता हो सम्बोधन गरेर मात्र मानिसलाई बोलाउनु उनको अर्को बिशेषता हो ७० को दशकमा बिर्तामोड बजार आसपासका क्षेत्रमा प्रतिदिन दैनिकको वितरण व्यवस्थापक भएर जागिर शुरु गर्दै मानिसहरुसँग परिचित बनेकी बिर्तामोड बिर्ताबजार निवासी रुमिला राई वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बिर्तामोड को महिला सदस्य पदको उम्मेदवार बनेकी छिन्

प्रतिदिन दैनिकमा काम शुरु गरेदेखि नै बिर्तामोड आसपासका अधिकांश घरमा पुगेर मानिससँग सम्बन्ध स्थापित गरेकी रुमिला जनप्रतिनिधी बनेर मानिसको सेवा गर्ने सोँचमा छिन् २०४२ साल चैत्र २६ गते भोजपुरको ठुलो दुङमा मा जन्मिएकी रुमिला चारजना माइतीकी एक्ली चेली हुन् सानै उमेरमा बिर्ताबजारमा बसाई सरेर आएका उनको प्राथमिक शिक्षा बिर्ताबजारस्थित महेन्द्ररत्न माविबाट पुरा भएको हो अनारमनी पब्लिक क्याम्पसबाट प्लस टु गरेकी रुमिला अहिले सोहि कलेजबाट स्नातक दोस्रो बर्षमा अध्ययनरत रहेको बताउँछिन्

पत्रिका वितरण व्यवस्थापक भएर हरेक घरघरमा पुगेका कारण बिर्तामोडको भूगोल, सामाजिक आर्थिक परिवेश, साँस्कृतिक तथा धार्मिक मुल्य मान्यतालाई राम्रोसँग बुझेको बताउने राई श्रीमान नारायण मगर एक सन्तानका साथ बिर्ताबजारमा बसोबास गर्छिन जुनसुकै कामलाई पनि उत्तिकै महत्व दिएर सम्पन्न गर्ने बानी भएकी रुमिला लगनशिल, इमान्दार निडर स्वभावकी छिन्

उनले प्रतिदिन दैनिकको जागिर पश्चात शिक्षा बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधीको रुपमा रहेर काम गर्ने मौका पाइन् त्यहाँबाटपनि उनी यहाँका मानिसहरुसँग प्रत्यक्ष जोडिने मौका पाएको उनी बताउँछिन् उनी जनसम्पर्क मै रहेर काम गर्ने भएकाले मानिसहरुको भावना आवश्यकता बुझ्ने मौका पाएको बताउँछिन् दश बर्षदेखि प्रत्यक्ष जनसरोकारका बिषयमा यहाँका मानिसहरुसँग जोडिएर काम गर्दै गर्दा मानिसहरुको आवश्यकता चाहना बुझेको त्यहि चाहना आवश्यकता पूरा गर्न सदस्य पदमा उम्मेदवारी दिएको उनको भनाई

उनले चुनावमा मतदाताले विजयी बनाए सक्रियताका साथ सिर्जनात्मक काम गर्ने, स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने यहाँको विकासका लागि अहोरात्र लागिपर्ने प्रतिबद्धता बताउँछिन् मतदातालाई कुनै किसिमको विभेद विना काम गर्ने युवा नेतृत्व स्थापित गर्ने उनको सोँच रहेको  

 

सम्बन्धित समाचार