२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा भारी मतले चुनाव जित्ने गठबन्धनको दाबी

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १८ गते , आईतबार
बिर्तामोडमा भारी मतले चुनाव जित्ने गठबन्धनको दाबी

बिर्तामोड बिर्तामोड नगरपालिकामा हजार बढी मतले निर्वाचन जित्ने गठबन्धनका नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवारले दावी गरेका छन्

गत निर्वाचनमा प्राप्त मतपरिणामलाई आधार मानेर अहिलेको माहौलले गठबन्धनको जित सुनिश्चित भएको उनीहरुले दावी गरेका हुन् चुनावी घरदैलोका क्रममा बिर्तामोड स्थित बुद्धपार्क (गोसलाइन)मा आयोजित कोणसभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका मेयरका प्रत्यासी नेपाली कांग्रेसका भोजराज सिटौला उपमेयरका प्रत्यासी नेकपा माओवादी केन्द्रका सीपी कडरियाले जित सुनिश्चित देखेर विपक्षी नेकपा एमालेले विभिन्न भ्रम फैलाउँदै गठबन्धनलाई भाँड्न खोजेको आरोप लगाएका छन्

कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार सिटौलाले आफूहरुको जित सुनिश्चित देखेर एमालेले विभिन्न प्रपोगान्डा मच्चाउन खोजेको आरोप लगाए उनले त्यसप्रति सचेत रहँदै खबरदारी गर्न आममतदाता कार्यकर्ताहरुलाई आग्रह गरे गत निर्वाचनमा एमालेले मेयरमा हजार सय १० मत प्राप्त गर्दा कांग्रेसले हजार सय १७ मत पाएको थियो भने माओवादीले हजार सय ९७ मत प्राप्त गरेको थियो

त्यस्तै उपमेयरमा एमालेले १० हजार सय ३७ मत ल्याउँदा कांग्रेसले हजार ११ मत प्राप्त गरेको थियो त्यस्तै माओवादीले हजार सय ७६ मत पाएको थियो निर्वाचन जित्न यो गठबन्धन काफी भएको उपमेयरका उम्मेदवार कडरियाले दाबी गरे हामी हजार मतान्तरले अगाडि छौं उनले भने,‘यतिले मात्र पुग्दैन हाम्रो शक्तिलाई अझै संगठित सुरक्षित गर्नुपर्छ उनले गठबन्धनका सबै उम्मेदवारहरु योग्य भएकाले नगरको विकासमा आफूहरुको टीमले अहिलेको भन्दा बीस गुणा बढी काम गरेर देखाउने दावी गरे

वेदप्रकाश न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचन परिचालन मूल समितिका सहसंयोजक युवराज दाहाल, बिर्तामोड का वडाध्यक्षका उम्मेदवार प्रेमप्रसाद उप्रेती, वडा सदस्यकी उम्मेदवार जानुका थापा मगरलगायतले बोलेका थिए

कार्यक्रममा निर्वाचन परिचालन मूल समितिका संयोजक लक्ष्मी आचार्य, कांग्रेसका प्रदेश सदस्य मीरा खड्का, माओवादी केन्द्रका सहइन्चार्ज ज्योतिसिंह दर्लामीलगायतको उपस्थिति रहेको थियो बिर्तामोड मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा प्रेमप्रसाद उप्रेती, सदस्यमा पूर्णप्रसाद राजवंशी, संजय शर्मा, जानुका थापा मगर विष्णुमाया विकले उम्मेदवारी दिएका छन् आइतबार नै बिर्तामोड को सैनिकमोडमा पनि गठबन्धनले कोणसभा गरेको थियो

सम्बन्धित समाचार