जम्बो टोली लिएर घरदैलोमा बिर्तामोड ४ को गठबन्धन टोली
बिर्तामोड । बिर्तामोड वडा नम्बर–४ का गठबन्धनका उम्मेदवारहरु मत माग्न जम्बो टोलीसहित घरदैलोमा पुगेका छन् ।
वडाध्यक्ष पदका उम्मेदवार कुलप्रसाद संग्रौलासहितको टोलीले आइतबार वडाको मेघाबारी टोल, कालिका टोल, मुनाल टोल लगायतका मतदातासँग घरदैलो गरेका छन् । विगतका बाँकी काम पूरा गर्न, संविधानको रक्षा गर्न र बिर्तामोड–४ लाई नमुना वडाको रुपमा विकास गर्न गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनीहरुले आग्रह गरे ।
गठबन्धनका उम्मेदवारहरुले टोलका करिब ४ सय घरपरिवारमा पुगेको बताएको छ । मतदाताको आश्वासनले उत्साह थपेको वडा सदस्य पदका उम्मेदवार गोपीकृष्ण अधिकारीले बताए । गठबन्धनको टोलीमा सहभागीहरुले मतदातालाई नमुना मतपत्र दिएर भोट हाल्ने तरिकापनि सिकाएको मेघाबारी टोलका अग्नि पाठकले जानकारी दिए ।
गठबन्धनको तर्फबाट बिर्तामोड ४ मा वडाध्यक्षमा कुलप्रसाद संग्रौला, महिला सदस्य सरिता मगर, दलित महिला सदस्य आशा परियार, वडा सदस्यहरु गोपीकृष्ण अधिकारी र राजु राजवंशी (सन्तोष) रहेका छन् ।