मतदातासँग आशिर्वाद माग्दै जनक खड्का
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड १ ले घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ ।राप्रपाले भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु हो भन्ने नाराका साथ चुनावी अभियानलाई तीब्र बनाएको हो ।
आइतबार राप्रपाले वडाको कालिमन्दिर हुँदै नचालु टोलदेखि ठाकुर मन्दिर आसपासको क्षेत्रमा घर दैलो गरेको वडाध्यक्ष पदका उम्मेदवार जनक खड्काले जानकारी दिए । उनले हरेक घरमा पुगेर मतदातासँग आशिर्वाद लिएको बताए । मतदाताले भ्रष्टाचार मुक्त समाज निर्माणमा लागेको भन्दा हौसला दिएको खड्काले बताए ।

भ्रष्टाचार उन्मुलन नगरी समृद्ध समाज निर्माण नहुने भन्दै सुशासन कायम गरी आफ्नो वडालाई समृद्ध बनाउन राप्रपाका उम्मेदवारहरु लागि परेको प्रचारप्रसार समिति वडा नम्बर १ का सहसंयोजक सन्तोष कडरियाले जानकारी दिए ।
राप्रपाको तर्फबाट बिर्तामोड वडा नम्बर १ मा वडाध्यक्ष जनक खड्का, महिला सदस्य सुमित्रा अधिकारी, दलित महिला सदस्य मिना विश्वकर्मा, वडासदस्यहरु भोजकुमार मास्के र प्रेम थापा चुनावी मैदानमा रहेका छन् ।