२०८३ बैशाख १८ गते , शुक्रबार
झापाका स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह
बिर्तामोड । झापाका १५ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जिल्लाका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह उपलब्ध गराएको हो ।
झापामा स्वतन्त्र उम्मेदवारहरुलाई जेब्रा, खरायो, भुईकटहर, गुलाफको फुल, पुतली, दुई भुइकटहर, मुडा, खानेपानीको धारा, व्याडमिन्टनको कर्क, लौरो, हाँस, कैंची, दुईवटा गुलाफको फुल, दुई हाँस र आँप चुनाव चिन्ह उपलब्ध गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
झापाको भद्रपुरमा ४, झापा ९, कनकाई १०, गौरीगञ्ज १३, कमल ७, शिवसताक्षी ३, गौरादह १३, बाह्रदशी ८, बुद्धशान्ति ५, हल्दिवारी २, मेचीनगर १३, अर्जुनधारा ३, दमक १६ र बिर्तामोडमा ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।