२०८३ बैशाख १८ गते , शुक्रबार

माओवादी केन्द्र हल्दिबारीको प्रतिबद्धता पत्र सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १७ गते , शनिबार
माओवादी केन्द्र हल्दिबारीको प्रतिबद्धता पत्र सार्वजनिक

हल्दिबारी आसन्न स्थानीय तह निर्वाचन२०७९ का लागि नेकपा (माओवादी केन्द्र) हल्दिबारीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको

आज हल्दिबारी मा आयोजित एक कार्यक्रमका बीच माओवादी केन्द्र प्रदेश नं. का अध्यक्ष हर्क नेम्वाङ (मिक्सो) ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष मिक्सोले माओवादी कोही कसैसँग नडराउने पार्टी भएको बताए हामीले कसैसँग डराएर गठबन्धन गरेका होइनौं उहाँले भने, ‘राष्ट्रिय आवश्यकतालाई हेरेर गठबन्धन गरेका हौं

उनले माओवादीको आफ्नै पृष्ठभूमि, विचार, सिद्धान्त रहेकाले कसैको टेको आवश्यक नरहेको समेत उल्लेख गरे हल्दिबारी शहीद भूमि क्रान्तिको छुट्टै इतिहास बोकेको ठाउँ भएको उनले बताए  निर्वाचनमा होमिएका उम्मेदवारलाई जिताउन हरसम्भव प्रयत्न गर्न निर्देशन दिँदै उनले भने, ‘तपाईंहरुको जीतको उत्सव मनाउन आतुर छु

पार्टीका तर्फबाट अध्यक्ष पदका उम्मेदवार भवानी दंगाल (भानु) ले घोषणा पत्रबारे प्रष्ट्याएका थिए उनले मुलुकमा गणतन्त्र बहाली भएपनि हल्दिबारीमा हालसम्म गणतन्त्र नआएको बताउँदै भने, ‘हल्दिबारीमा माओवादी केन्द्रको जीतसँगै गणतन्त्र आउँछ

उनले मूलभूत रुपमा पाँच वटा विषयलाई समेटेर आफूहरु अघि बढ्ने बताए झापामा तेस्रो भ्रष्टाचार भएको गाउँपालिकाको रुपमा हल्दिबारी रहेकाले भ्रष्टाचारमुक्त पालिका बनाउने हाम्रो उद्देश्य , उनले भने, ‘नागरिकता बिहीन नागरिकले नागरिकता पाएका छन्, अब भूमीहीनहरुलाई धनिपूर्जा दिन्छौँ

हल्दिबारीले दृष्टिकोण भएको नेता हालसम्म नपाएको चर्चा गर्दै अध्यक्षका उम्मेदवार दंगालले भने, ‘हामी मिसनभिजनसहित समुन्नत गाउँपालिका बनाउँछौँ, त्यसका लागि हल्दिबारीमा हाम्रो नेतृत्व आवश्यक आफूहरुले जारी गरेको घोषणा पत्रमा मूलतः वटा नारा समेटिएको उनले बताए

हल्दिबारीको आयआर्जनको कृषि नै मुख्य आधार, कृषि उपजको बिक्री वितरणमा स्थानीय बजार नाराका साथ कृषि क्षेत्रको विकास प्रबद्र्धनका लागि १६ बुँदे प्रतिबद्धता जाहेर गरिएको

त्यस्तै, ‘हल्दिबारीको खेलकूद हाम्रो पहिचान, समृद्ध पालिका बनाउन हँसिया हथौडामा मतदान नारा उल्लेख गरी युवा तथा खेलकुदका सवालमा १२ बु्ँदे प्रतिबद्धता व्यक्त गरिएको युवाहरुलाई स्वरोजगार बनाउनेदेखि बेरोजगारहरुका लागि जब सेन्टर स्थापना गर्नेसम्म घोषणा पत्रमा समावेश गरिएको यस्तै, महिला तथा बालबालिकाका क्षेत्रमा १२ बुँदे, शिक्षा, स्वास्थ्यमा १६ बुँदे, पर्यटन प्रबर्धनका लागि १० बुँदे, सामाजिक सुरक्षा तथा सांस्कृतिक विकासमा १० बुँदे, सिँचाई ऊर्जामा बुँदे, उद्योग सहकारी  बुँदे, भौतिक पूर्वाधार, नदी नियन्त्रण लगायतका विभिन्न क्षेत्रमा उल्लेख्य काम गर्ने गरी प्रतिबद्धता जनाइएको

ज्येष्ठ नागरिकहरुलाई घर घर मै वृद्ध भत्ता बाँड्नेदेखि, अनिवार्य स्वास्थ्य परिक्षण गरिदिनेसम्म प्रतिबद्धता गरिएको सामूहिक तथा उत्पादनमुखी खेती, सीपमूलक तालिम आदिको माध्यमबाट आयआर्जनमा वृद्धि गर्ने कुरालाई प्राथमिकता दिइएको

उपाध्यक्ष पदकी उम्मेदवार तथा पार्टीकी कार्यवाहक अध्यक्ष टीका राउतको अध्यक्षतामा भएको कायक्रममा पार्टीका झापा सहइञ्चार्ज ज्योतिसिंह दर्लामी, जिल्ला संयोजक राजु आचार्य (अग्नि), सचिव मोहन टुडू, नंं. क्षेत्रीय सहइञ्चार्ज धर्म शिवाकोटी, जिल्ला नेता बासु दुलाल, नरेन्द्र फागो लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो

 

 

सम्बन्धित समाचार