२०८३ बैशाख १८ गते , शुक्रबार

राप्रपा बिर्तामोडको प्रतिवद्धता पत्र सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १६ गते , शुक्रबार
राप्रपा बिर्तामोडको प्रतिवद्धता पत्र सार्वजनिक

बिर्तामोड राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको पार्टीले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो

भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु बराबर हो भन्ने भनाईलाई आत्मसात गर्दै सुशासनमा जोड दिएर प्रतिबद्धता पत्र तयार पारिएको राप्रपा झापाका अध्यक्ष केशव ओझाले बताए राप्रपाले सुशासनयुक्त बिर्तामोड नगर निर्माणका लागि ३२ वटा आफ्नो घोषणा पत्रमा समावेश गरेको भ्रष्टाचार मुक्त स्थानीय तह निर्माणका लागि छिटो छरितो सेवा प्रदान गर्ने, विद्यालयमा दिन पाठ्यक्रम पढाउने दिन विद्यार्थीको रुची अनुसारको प्राविधिक ज्ञान दिने, सबै नागरिकको अनिवार्य स्वास्थ्य विमा गर्ने, किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्ध खोपको व्यवस्था गर्ने, हरेक वडामा / जना पशु चिकित्सक कृषि विशेषज्ञ नियुक्त गर्ने, हिंसामा परेका बालबालिका तथा महिलाका लागि सेफ हाउस निर्माण गर्ने जस्ता बिषयलाई घोषणा पत्रमा समावेश गरिएको हो

युवा तथा महिलाहरुले संचालन गर्ने लघु उद्योगहरुलाई १० बर्षसम्म कर छुट गर्ने, सामुदायिक विद्यालयमा बाल उद्यान निर्माण गर्ने, अदुवा खोला नियमित सरसफाई गर्ने तथा खोलाको दुवै तर्फ तटबन्धन गरी खोलाको डिलमा बसोबास गर्ने सुकुम्बसीहरुलाई इच्छा अनुसार यथास्थानमा सुरक्षित घर निर्माण गर्ने, नगरको दीगो विकासका लागि बिषय विज्ञहरुको समूह बनाई आवश्यक परामर्श लिएर मात्र काम गर्ने जस्ता बिषयमा राप्रपाले प्रतिबद्धता जनाएको हो

कार्यक्रममा बोल्दै उपमेयरकी उम्मेदवार रञ्जु प्याकुरेलले आफू एक मात्र राष्ट्रिय मान्यता प्राप्त दलको तर्फबाट महिला उम्मेदवार भएको नगरमा .महिला मतदाताको संख्या बढी भएका कारण चुनाव जित्ने बताईन् वडा नम्बर का वडाध्यक्षका उम्मेदवार जनक खड्काले भ्रष्टाचार मुक्त अभियानमा राप्रपाले जोड दिएकाले आफूहरुले चुनाव जित्ने बताए खड्का देश विकासका लागि युवा नेतृत्व आवश्यक भएको परम्परागत धार्मिक, साँस्कृतिक पक्षको जगेर्ना गर्ने एक मात्र पार्टी राप्रपा भएको हुँदा जीत निश्चित हुनेमा ढुक्क छन्  

सम्बन्धित समाचार