२०८३ बैशाख १८ गते , शुक्रबार

बागी उम्मेदवारलाई कारबाही गर्ने माओवादी केन्द्रको चेतावनी

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १६ गते , शुक्रबार
बागी उम्मेदवारलाई कारबाही गर्ने माओवादी केन्द्रको चेतावनी

बिर्तामोड । नेकपा माओवादी केन्द्रले झापाका पालिकाहरुमा पार्टीका आधिकारिक उम्मेद्वार बाहेक स्वतन्त्र वा बागी उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई आज कार्यालय समयभित्र फिर्ता लिन निर्देशन दिएको छ । सहमति भएका पालिकामा गठबन्धनमार्फत र नभएका पालिकाहरुमा स्वस्थ प्रतिस्पर्धा गर्ने जनाउँदै स्वतन्त्र वा बागी उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई आज ४ बजे भित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाले एक विज्ञप्ति जारी गर्दै आधिकारिक बाहेकका उम्मेदवार लाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । अनुशासन उल्लंघन गरेर उम्मेदवारी फिर्ता नलिने त्यस्ता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । केन्द्रले गठबन्धनको मर्म अनुसार उम्मेदवारी फिर्ता लिने उम्मेदवारहरुको आगामी दिनमा उचित सम्मन गरि जिम्मेवारी दिइनेसमेत प्रतिवद्धता जनाएको छ । 

सम्बन्धित समाचार