२०८३ बैशाख १८ गते , शुक्रबार

मेचीनगरमा माओवादी केन्द्रका २१ उम्मेदवार चुनावी मैदानमा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १४ गते , बुधबार
मेचीनगरमा माओवादी केन्द्रका २१ उम्मेदवार चुनावी मैदानमा

काँकरभिट्टा आसन्न स्थानीय तह निर्वाचनका लागि मेचीनगरमा माओवादी केन्द्रबाट २१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्

काँग्रेससहितको गठबन्धनमा चुनावी मैदानमा होमिएको माओवादी केन्द्रबाट मेचीनगरमा उपप्रमुखसहित वटा वडामा वडाध्यक्ष १५ वटै वडामा वडासदस्यको उम्मेदवार बनाइएको

माओवादी केन्द्रबाट उपप्रमुखमा प्रकाश भण्डारी उम्मेदवार बनेका छन् गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् मेयरका उम्मेदवार बुढाथोकी उपमेयरका उम्मेदवार भण्डारीले बुधबार काँकरभिट्टा बजार क्षेत्रमा घरदैलोमा पुगेर भोट माग्न थालेका छन्

मेचीनगरमा बलियो बनेको माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार रहेका भण्डारी विद्यार्थी राजनीतिदेखि नै माओवादी आन्दोलनमा होमिएका युवा नेता हुन् मेचीनगर निवासी भण्डारी माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर का इन्चार्ज हुन् बौद्धिक युवा नेताको छवि बनाएका भण्डारी कुशल संगठकका रुपमा परिचित छन्

माओवादी केन्द्रले वडाध्यक्षमा उठाएका उम्मेदवारहरु पनि लोकप्रिय छवि बनाएका व्यक्ति छन् वडा नम्बरं १२ मा वडाध्यक्षको उम्मेदवार बनेका नगेन्द्र धिमालले यसअघि पनि सोही पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन् उनले पाँच वर्षमा गरेको कामको मूल्यांकन गरेर वडाबासीले फेरि दोहोर्याउन आग्रह गरेअनुसार उम्मेदवारी दिएका छन् धिमाललाई जनताले रुचाइएको जनप्रतिनिधिका रुपमा लिइने गरेको

यस्तै, वडा नम्बर १४ मा बाबुलाल सुब्बा माओवादी केन्द्रबाट साझा उम्मेदवार बनेर चुनावी मैदानमा छन् उनी ०७४ सालको निर्वाचनमा दोस्रो भएका थिए खेलकुद समग्र वडाको विकास सँगसँगै गर्ने उदेश्य बोकेर उनी उम्मेदवार बनेका छन् कराते संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिसकेका सुब्बाले खेल जगतबाट नगरलाई चिनाउने काम गरेका छन्

साझा गठबन्धनका अर्का उम्मेदवार शान्तिराम चिमरिया समाजसेवीका रुपमा परिचित छन् वडा नम्बर ११ मा वडाध्यक्षको उम्मेदवार बनेका उनी जनप्रतिनिधि बन्ने दौडमा छन् विकासप्रेमी युवाको छवि बनाएका चिमरिया उक्त वडामा सबैले रुचाएका व्यक्तिमा गनिन्छन्

यता, माओवादी केन्द्रबाट मेचीनगर वडा नम्बर को वडाध्यक्षको उम्मेदवार बनेका गोपीकृष्ण रिजाल युवामाझ निकै लोकप्रिय छन् सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिका खेल्दै आएका रिजाल जनप्रतिनिधि बनेर वडाको समग्र विकासमा लाग्ने बताउँछन्

माओवादी केन्द्रले मेचीनगरको वडा नम्बर मा पदमबहादुर श्रेष्ठलाई वडा सदस्यको उम्मेदवार बनाएको भने वडा नम्बर मा तेजप्रसाद भण्डारी वडा सदस्यको उम्मेदवार बनेका छन्

यस्तै, वडा नम्बर मा खगेन्द्र बिश्वकर्मा, वडा नम्बर मा उमेश उप्रेती, वडा नम्बर मा अन्जली विश्वकर्मा, वडा नम्बर मा विमला चम्लागाईं (आचार्य), वडा नम्बर मा  तुलसाकुमारी खत्री, वडा नम्बरं मा भक्तिप्रसाद आचार्य वडा सदस्यको उम्मेदवार बनेका छन्

यसैगरी, वडा नम्बर १० मा चन्द्रकुमारी राई, वडा नम्बर ११ मा पवित्रा सेन्चिउरी, वडा नम्बर १२ मा रुपेश मेचे, लीला बराइली, वडा नम्बर १३ मा दिलकुमार राजवंशी, वडा नम्बर १४ मा चन्दशेर लिम्बु, सीता राजवंशी वडा नम्बर १५ मा काजी (भक्तराज) सुब्बा वडा सदस्यमा गठबन्धनबाट साझा उम्मेदवार बनेका छन्  

सम्बन्धित समाचार