२०८३ बैशाख १८ गते , शुक्रबार

कचनकवलको प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध उजुरी

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख १३ गते , मंगलबार
कचनकवलको प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध उजुरी

बिर्तामोड झापाको कचनकवल गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका कालेन्द्रप्रसाद सिं राजवंशी विरुद्ध उजुरी दर्ता भएको राजवंशी घेराबारीस्थित बुद्ध निमाविको प्रधानाध्यापक हुँदा गरेको बेरुजु फस्र्यौट नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उनी विरुद्ध उजुरी परेको हो

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट अध्यक्ष पदको उम्मेदवार अञ्जरा आलमले राजवशी विरुद्ध उजुरी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय कचनकवलले जनाएको राजवंशीले आर्थिक बर्ष २०७२/०७३ मा लाख, आर्थिक बर्ष २०७३/०७४ मा लाख आर्थिक बर्ष २०७४/०७५ मा १० लाख बेरुजु रहेको फस्र्यौट नगरेको भन्दै आलमले प्रमाणसहित उजुरी दिएका हुन राजवंशी प्रधानाध्यापक रहेको उक्त विद्यालयमा वृहत मर्मत भवन निर्माणमा छुट्टिएको बजेट फर्स्यौट गर्न बाँकी रहेको बताइएको

निर्वाचन तालिका अनुसार आज उम्मेदवार विरुद्ध उजुरी गर्ने समय दिइएको थियो निर्वाचन अधिकृतको कार्यालयले राजवंशीलाई आफ्नो सफाई तथा सबुत प्रमाण सहित भोली १४ गते उपस्थित हुन सूचना जारी गरेको

यता राजवंशीले भने आफूले अवकाश हुँदाका प्रधानाध्यापक मालचन राजवंशीलाई फरफारकको सम्पूर्ण कागजात बरबुझारत गरेको बताए सबै हरहिसाब बुझाएर आफुले अवकासहुँदाका बखत पाउनुपर्ने सुविधा लिएको उनको भनाई बेरुजु भएको भए अडिट रिपोर्टमा आउनुपर्ने भन्दै विपक्षीले चुनावी फण्डा मच्चाउन मात्र आरोप लगाएको बताए  

सम्बन्धित समाचार