झापामा कांग्रेस-माओवादी गठबन्धनमा सहमति जुट्यो
बिर्तामोड । आसन्न स्थानीय तह निर्वाचनका लागि झापामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच सहमती जुटेको छ । लामो समयको रस्साकस्सीपछी मनोनयन दर्ताको दोस्रो दिन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच सहमती जुटेको हो ।
कांग्रेसले झापाको ९ वटा पालिकाको प्रमुख र एउटा उपप्रमुख लिने सहमति भएको हो । नेकपा माओवादी केन्द्रबिच भएको सहमतिमा ९ वटा पालिकाको उपप्रमुख माओवादीले लिने सहमति भएको नेकपा माओवादी केन्द्र झापाका संयोजक अग्नि आचार्यले जानकारी दिए ।
मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, भद्रपुर, बाह्रदशी, कमल, गौरादह, अर्जुनधारा र गौरिगन्जको प्रमुख र दमकको उपप्रमुख कांग्रेसले लिने सहमति भएको माओवादी केन्द्र झापाका सहइन्चार्ज सिपी कडरियाले जानकारी दिए ।
त्यस्तै मेचीनगर, बुद्धशान्ति, बिर्तामोड, भद्रपुर, बाह्रदशी, कमल, गौरादह, अर्जुनधारा र गौरीगन्जको उपप्रमुख माओवादी केन्द्रले लिने सहमति भएको हो ।
हल्दिबारी गाउँपालिकाको प्रमुख माओवादी केन्द्रले लिने बिषयमा छलफल भैरहेको उनले बताए । दमकको प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने निर्णय यस अघि नै भैसकेको छ ।
दुई दलबिच भएको सहमतिमा ७३ वटा वडाका वडाध्यक्ष कांग्रेसले लिने, २३ वटा माओवादी केन्द्रलाई दिने सहमती भएको कडरियाले बताए । कमल गाउँपालिकाको वडा नम्बर ४ संघिय लिम्बुवान राष्ट्रिय मन्च, कमल २ नेकपा एकीकृत समाजवादी र कमल ६ जनता समाजवादी पार्टीलाई वडाध्यक्ष दिनेपनि गठबन्धनले निर्णय गरेको छ ।
हल्दिबारीको प्रमुख माओवादी केन्द्रले लिने छलफल भैरहेको छ । भने बाँकी पालिकामा स्वस्थ प्रतिष्पर्धा गर्ने निर्णय भएको कडरियाले बताए ।