२०८३ बैशाख १८ गते , शुक्रबार

हल्दिबारीका उपाध्यक्ष गिरीले दिए राजिनामा

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख ८ गते , विहीबार
हल्दिबारीका उपाध्यक्ष गिरीले दिए राजिनामा

बिर्तामोड झापाको हल्दिबारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरीले पदबाट राजिनामा दिएका हुन् आसन्न निर्वाचनमा पार्टीको कामका लागि खटिनु पर्ने भन्दै गिरीले राजिनामा दिएका छन् । 

नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष बनेका गिरीले गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनलाई विहिबार राजिनामा पत्र बुझाएका हुन् गिरीले बुझाएको राजिनामा पत्रमा निर्वाचित मितिले करिब बर्षसम्म नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य संघीय/प्रादेशिक कानून तथा स्थानीय कानूनले सुम्पेको काम, कर्तव्य, अधिकार जिम्मेवारी बहन गर्दै आइरहेकोमा आसन्न स्थानीय तहको निर्वाचन, २०७९ मा पार्टीको काममा खटिनुपर्ने अवस्था सिर्जना भएकाले राजिनामा दिनु परेको उल्लेख गरेका छन् गिरीले गाउँपालिका अध्यक्षको नेतृत्वले पुर्याएको सहयोगका लागि धन्यवादसमेत दिएका छन्    

सम्बन्धित समाचार