माओवादी केन्द झापाद्वारा चुनावी गतिविधी तीव्र
३ पालिका र ३५ वटा वडामा जित्ने दाबी
बिर्तामोड । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा माओवादी केन्द्र झापाले चुनावी गतिविधलाई तीब्र बनाएको छ । माओवादी केन्द्रले आगामी चुनावमा अधिकतम् नतिजा निकाल्न विभिन्न भातृ संगठनहरुसँगको छलफल तथा अन्तरक्रियालाई तिब्रता दिएको हो ।
माओवादी केन्द्रले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका तीन वटा पालिका र ३५ वटा वडा जित्ने दाबी गरेको छ । भातृ संगठनहरुसँगको अन्तरक्रियामा बोल्दै माओवादी केन्द्र झापाका संयोजक अग्नी आचार्य (राजु)ले त्यस्तो दाबी गरेका हुन । उनले झापाका १५ स्थानीयतहमा ३ वटा पालिका र एकसय ३१ वडा मध्ये ३५ वटामा माओवादी केन्द्रले जित हासिल गर्ने दावी गरेका हुन् ।
पार्टी भित्रका केहि अन्तरसंघर्ष र अन्तरबिरोधहरु मिल्दै गएको बताउँदै उनले अबको सम्पूर्ण गतिविधी चुनाव केन्द्रित हुने बताए । पार्टीभित्र रहेका त्यस्ता सानामसिना कुराहरुलाई बिर्सिएर चुनावमा लाग्न उनले सबैलाई आग्रह गरेका छन् ।