२०८३ बैशाख १८ गते , शुक्रबार

धरानको न्यू कान्तिपुर होटलमा महिलाको शव फेला

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १७ गते , मंगलबार
धरानको न्यू कान्तिपुर होटलमा महिलाको शव फेला

बिर्तामोड । धरानस्थित एक होटलमा महिलाको शव फेला परेको छ । धरान उपमहानगरपालिका–१८ बुद्धचोकमा रहेको न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको १०९ नम्बर कोठामा करिब ३० वर्षीया महिलाको शव फेला परेको हो ।
दुई दिनदेखि ती महिला एक पुरुषसँग होटलमा बसेकी थिइन् । बुधबार कोठा सफा गर्न पुगेका होटलका कर्मचारीले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । महिलासँगै होटलमा बसेका पुरुष भने फरार छन् ।
महिलाको शरीरमा चोटपटक रहेको र सँगै बसेका पुरुष फरार रहेकाले महिलाको हत्या भएको हुनसक्ने प्रहरीले  जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
उनी बसेको कोठामा पाँचथर मिक्लाजुङ्ग ठेगाना भएको सुमित्रा तामाङ लेखिएको परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ । आइडी कार्डका आधारमा सनाखतका लागि प्रहरीले महिलाको आफन्तलाई बोलाएको छ ।


सम्बन्धित समाचार