२०८३ बैशाख १८ गते , शुक्रबार

डेढ महिना बित्दापनि भेटिएनन् इलामका बस्नेत

sajilo news
परिवेश मिडिया
२०७८ फाल्गुन १७ गते , मंगलबार
डेढ महिना बित्दापनि भेटिएनन् इलामका बस्नेत

बिर्तामोड हराएको डेढ महिना बितिसक्दापनि इलामका पुजन बस्नेत अझै फेला परेका छैनन् इलाम माईजोगमाई गाउँपालिका सोयाङका २२ वर्षीय बस्नेत भारतको राजधानी नयाँ दिल्लीबाट माघ गते वुधबारदेखि सम्पर्क विहिन भएका थिए

बस्नेतले युरोपियन मुलुक क्रोएसियाको लागि काठमाडौको सुकेधारास्थित सिगुल ओभरसिजमा एजेन्टको काम गर्ने झापा शिवसताक्षी डुँडामारीका एकराज शेर्मा मार्फत भिसा एप्लाई गरेका थिए शेर्माले बस्नेतलाई नयाँ दिल्लीस्थित भिएफएस ग्लोबलमार्फत स्टाम्पिङका लागि पठाएका थिए बस्नेतसँगै भिषा एप्लाई गरेका पोखराका आशिष रानाभाटलाई लिएर दिल्ली पुगेका मेनपावरका कर्मचारी कल्याण राई बस्नेतलाई दिल्लीको पहाडगञ्जस्थित होटल गुलाबमा छाडेर मोरङका युवाहरु मनप्रसाद योङहाङ मनबहादुर योङहाङलाईलाई लिन गएको बेला बस्नेत होटलबाट बाहिर निस्किएर सम्पर्क विहिन भएको शेर्माले बताए

पुजनका भाई पुकार बस्नेतका अनुसार पुजन दिल्ली जानुभन्दा पाँच हप्ताअघि नै  काठमाडौं गएका थिए ३७औं दिनका दिन गत माघ गते मंगलबार काठमाण्डौबाट गएका पुजन गते वुधबारसाँझ दिल्ली पुगेको बताइएको

बस्नेतले होटलमा नै झोला, मोबाइलहरु छोडेर निस्किएको सीसी टिभी फुटेजमा देखिएको एजेन्ट शेर्माले बताए

बुवा कमल बस्नेत, एजेन्ट शेर्मा मेनपावरका कर्मचारी कल्याण राई दिल्ली गएर प्रहरी तथा नेपाली दुतावासमा खोजीका लागि निवेदन दिएको भएपनि हालसम्म कुनै सूचना नआएको कमल बस्नेतले जानकारी दिए इलामको डिएसपी कार्यालयमा पनि खोजीका लागि निवेदन दिएका छौँ,’ उनले भने,‘दिल्ली गएर त्यहाँको थाना नेपाली दुतावासमा पनि निवेदन दियौँ तर, कुनै जानकारी अहिलेसम्म आएको छैन

छोरा हराएर विक्षिप्त बनेका बस्नेत परिवार एजेन्टलाई बुझाएको पैसा गुम्ला भन्ने थप पीडामा एजेन्ट शेर्माले क्रोएसियाका लागि साढे लाख रुपैँया लागत लाग्ने बताएको लाख ५० हजार रुपैँया लिइसकेको बस्नेत  परिवार श्रोतले परिवेश मिडियालाई जानकारी दिएको यता एजेन्ट शेर्माले भने भिषा प्रक्रियाका लागि एक लाख रुपैँयामात्र लिएको दावी गरेका छन्  

 

 

सम्बन्धित समाचार