२०८३ बैशाख १८ गते , शुक्रबार

प्रदेश १ मन्त्रीपरिषद विस्तार, थपिए ८ मन्त्री

sajilo news
परिवेश मिडिया
२०७८ माघ २३ गते , आईतबार
प्रदेश १ मन्त्रीपरिषद विस्तार, थपिए ८ मन्त्री


बिर्तामोड प्रदेश का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रीपरिषद विस्तार गरेका छन् राईले जना नयाँ मन्त्री थप गरी १४ सदस्यीय मन्त्रीपरिषद् बनाएका हुन्

आठ जना मन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् सदस्यको सङ्ख्या १४ पुगेको अव प्रदेश मा १३ मन्त्री एक राज्यमन्त्री भएका छन्

आज विस्तारित मन्त्रिपरिषदमा नेपाली काङ्ग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन माओवादी केन्द्रबाट दुई जना थप भएका हुन् प्रदेश को मन्त्रिमण्डलमा नेपाली काङ्ग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी ताप्लेजुङका प्रतापप्रकाश हाङगाम नियुक्त भएका छन्

थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीलाई उद्योग, श्रम तथा रोजगार मन्त्रालय हाङगामलाई भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बनेका छन् राई सामाजिक विकास मन्त्री बनेका छन्

हाल कायम रहेका सामाजिक विकास मन्त्री जयराम यादव स्वास्थ्य मन्त्री बनेका छन् लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्

नव नियुक्त मन्त्रीहरुलाई प्रदेश नं। का प्रमुख परर्शुराम खापुङले मन्त्रीको शपथग्रहण गराएका छन्    

सम्बन्धित समाचार