संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च गठन

बिर्तामोड । संघीय लिम्बुवान प्रान्तीय मञ्चको भातृ संगठन संघीय लिम्बुवान प्रान्तीय युवा मञ्च तदर्थ गठन भएको छ । शनिबार बिर्तामोडमा भएको भेलाले युवा मञ्च गठन गरेको हो ।
ज्वाला इम्बुङको संयोजकत्वमा प्रान्तीय युवा मञ्चको गठन भएको संघीय लिम्बुवान प्रान्तीय मञ्चका सचिव तथा भातृ संगठन सदस्य धनबहादुर पन्धाकले जानकारी दिए । युवा मञ्चको इन्चार्जको जिम्मेवारी राजु राईलाई दिइएको छ ।
भेलाले सहसंयोजक त्रय आधार घिमिरे, सुमनहाङ चेम्जोङ, मिक्सम मिभक र महासचिव पदम चेन्जी माबो रहेका छन । भेलाबाट सदस्यहरु याम खरेल, निरकुमार लिम्बू, राम श्रेष्ठ, विशाल लिम्बू, प्रकाश लक्सम्बा, प्रकाश मगर, निरुत साउदेन, सुनिल राई, आइन्द्रबिक्रम ताम्लिङ, जिवनकुमार राई, संजिव लावती, इन्द्रहाङ राई, नगेन्द्र लावती, आशिष तुम्बापो, बादल राई, आकाश केरुङ, याम नेम्बाङ्ग र नुमा लिम्बू छनोट निर्वाचन समिति सदस्यसमेत रहेका पन्धाकले जानकारी दिए ।
नवनिर्वाचित संयोजक इम्बुङले यो समितिको कार्यकाल छोटो भएपनि दिइएको जिम्मेवारी पूरा गर्न लागिपर्ने बताए ।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपालको उपाध्यक्ष तथा भातृ संगठन बिभाग संयोजक इन्द्रकुमारी लिम्बू (इन्दिरा) को संयोजकत्वमा भएको कार्यक्रमको प्रमुख अतिथी ज्ञानुहाङ इम्बुङ, बिशिष्ठ अतिथी भगिराज तुम्सा, दिलकुमार लावती, लक्ष्मी माबो, प्रेमपत्र लावती लगायतको उपस्थिती रहेको थियो ।