२०८३ बैशाख १८ गते , शुक्रबार
पिक्निक हिडेका युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु
बिर्तामोड । इलामको माई नगरपालिकामा भएको सवारी दुर्घटनामा परी झापा मेचीनगर ८ आयाबारीका एक युवाको मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे झापाबाट माईको चिलिमकोट बगानमा पिकनिक जाने क्रममा माई नगरपालिका २ मस्तेमा मोटरसाइकल दुर्घटना हुँदा १८ वर्षीय अनुष श्रेष्ठ मृत्यु भएको हो । मे. १० प ६८४३ नम्बरको केटिएम डुक मोटरसाइकल अनियन्त्रित हुँदा उनी करिब २० मिटर तल उछिट्टिएका थिए ।
माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइएकोमा अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको चिकित्सकले पुष्टि गरेको प्रहरीले जनाएको छ ।