२०८३ बैशाख १८ गते , शुक्रबार

बसको ठक्करबाट एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ माघ १० गते , सोमबार
बसको ठक्करबाट एक जनाको मृत्यु

इटहरी । सुनसरीको ईटहरी उपमहानगरपाललिका-१० मा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बम बहादुर लिम्बु रहेको प्रहरीले जनाएको छ ।
आइतबार साँझ ६ बजे  ईटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिँदा गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा  मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवन कुमार विष्टलाई  ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएर  घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार