गुडिरहेको बोलेरोमा ढुंगा खस्दा ३ को मृत्युु, ३ जना घाइते
झापा । ओखलढुङगाको सिद्धिचरण नगरपालिका ३ असिनेमा ढुंगाले बोलेरोलाई किच्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान ९ बजे निशंखेबाट ओखलढुंगा तर्फ आउदै गरेको को १ज ३५६९ नम्बरको बोलेरो गाडीलाई सडकको १०० मिटर माथिबाट स्काभेटरले ढुंगा निकाल्ने क्रममा ढुंगा झरेर किचेको थियो । सो दुर्घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई बोलेरोमा सवार ६ जनालाई उद्धार गरि सामुदायिक अस्पताल मिसन ओखलढुंगामा पठाएको थियो । घाईते मध्ये ओखलढुंगा सिद्धिचरण नगरपालिका १ तलुवा का १० बर्षीय युसब कोईराला, ७ बर्षीया युनिसा कोईराला र ओखलढुंगा मानेभञ्याङ १ मोलि का ३० बर्षीय हेमबहादुर मगरको उपचारको लागी लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालक ओखलढुंगा मानेभञ्याङ १ मोलिका ३० बर्षीय सन्दिप श्रेष्ठ, ४२ बर्षीय देवबहादुर श्रेष्ठ र सिद्धिचरण नगरपालिका १ तलुवा कि २८ बर्षीया लक्ष्मी कोईरालाको मिसन अस्पताल ओखलढुंगामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्काभेटर चालक फरार रहेकोले खोजतलास भईरेहको सो कार्यालयले जनाएको छ ।