२०८३ बैशाख १८ गते , शुक्रबार
नेपाली सेनाद्वारा विस्फोटक पदार्थ डिस्पोज
बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बसपार्क क्षेत्रमा फेला परेको विस्फोटक पदार्थ नेपाली सेनाले डिस्पोज गरेको छ । चारआलीस्थित श्री नयाँ श्रीनाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले उक्त वस्तु ९:१५ मा डिस्पोज गरेको नेपाली सेनाले जनाएको छ ।
पश्चिम बसपार्कस्थित चौतारी लजसँगै रहेको किराना दोकानअगाडी पसलेले बम जस्तो शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । विस्फोटक पदार्थ, व्यारिङ लगायत वस्तु राखिएको सो वस्तु नेपाली सेनाका क्याप्टेन घनश्याम थापाको टोलीले नजिकैको खाली जमिनमा डिस्पोज गरेको श्री नयाँ श्रीनाथ गणका गणपति अमरजंग थापाले बताए ।
पूर्वपश्चिम राजमार्ग नजिकै विस्फोटक पदार्थ फेला परेपछि सो क्षेत्र केहिबेर भिडभाड भएको थियो ।