२०८३ बैशाख १८ गते , शुक्रबार
बिर्तामोडमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला
बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बसपार्कमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । पश्चिम बसपार्कको चौतारी लजसँगै रहेको एक किराना पसलभित्र उक्त वस्तु रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली, नेपाल प्रहरी र शसस्त्र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।