२०८३ बैशाख १८ गते , शुक्रबार

‘हिन्दू राष्ट्र र राजसंस्था’ शब्दावली विधानबाट हटाउन राप्रपालाई आयोगको पत्र

sajilo news
परिवेश मिडिया
२०७८ माघ ९ गते , आईतबार
‘हिन्दू राष्ट्र र राजसंस्था’ शब्दावली विधानबाट हटाउन राप्रपालाई आयोगको पत्र

काठमाडौं निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाटहिन्दू राष्ट्र राजसंस्थाभन्ने शब्द हटाउन भनेको

राप्रपालाई माघ गते आयोगले पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेकोसनातन हिन्दू राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न कायम राख्नभन्ने वाक्यांश हटाउन भनेको हो यो संविधानको प्रस्तावना एवं भावना प्रतिकूल भएकाले हटाउनुपर्ने आयोगले बताएको

संवैधानिक आयोगले संविधानसँग बाझिएको विषय मिलाउन आग्रह गर्नुलाई स्वाभाविक रुपमा लिएको निर्वाचन आयोग सम्बन्धी समन्वय गर्ने जिम्मेवारी पाएका राप्रपा केन्द्रीय सदस्य झनक प्याकुरेलले बताए उनले अघि भने, ‘कोरोना महामारीका कारण जवाफ पठाउन पाएका छैनौं केही समय लाग्ला तर हिन्दू राष्ट्र राजसंस्था हाम्रो कोर भ्यालु भएकाले हटाउने कुरा आउँदैन

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले भने आयोगको निर्देशन संविधान प्रजातान्त्रिक मान्यता विपरीत भएको बताएका छन् विगतमा आयोगको यस्तै निर्देशनलाई अस्वीकार गरेको भए पनि पार्टीको वर्तमान नेतत्वले कुनै प्रतिक्रिया नजनाउनु पत्र लुकाएर राख्नु आश्चर्यजनक भएको बताएका छन्

आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्षसाम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो

 

 

सम्बन्धित समाचार